के भरिया आफ्नु कहानी लेख्नु सक्दैन ?के श्रमिक मालिक बन्न सक्दैन ?धेरै मित्र हरु को स्तभ हरु पढ्दै आको छु ,कतिपय साथी हरुको अहमता ले चरम सीमामा आफ्नु घमण्ड पोखिएको पाएको पनि छु / कतिपय युरोपियन ,पच्शिमी देश जादैमा अरु खाडी र अन्य देश र स्वदेशी प्रति हियको भाब हरु उजगार गरेको पाएको छ /अझै पनि हामी नेपाली हरुको मन मस्तिस्कमा कामलाई सम्मान गर्ने प्रवृति को बिकाश भएको छैन /त्यहि कुरुपता ले समाज लाइ असमनता को खण्ड हरु खण्डित पार्दैछ/ मान्छे लाई कसैले के अबशर पाको छ कसैलाई पाको छैन / सबै शिक्षित विदेश मा ठुलै मात्रै काम पाउछ भन्ने छैन / पच्शिमी विकसित मुलुक भन्दैमा सबै राम्रो काम पाएको छ भन्ने छैन / कतिपय नगरपालिका को फोहोर उठाउने र पोचोपुचो लाउने स्वीफ़र जस्ता काम पनि गरेको छन् / सेतो बस्त्र धारण गर्दै मा त्यो समाजको चमिकिला हिरा हुन् सक्दैन / पसिना चुवाएर साझ बिहान गर्ने हरुको पनि मनै हुन्छ ,दिन भरि सुकिला मुकिला भएर कलम चलाउने हरु को पनि मनै हो / फरक तेती हो कोई पसिना चुवाउने र दिमाग खिलाउने /आखिर दुवैको मानबियता भावना एकै हुन्छ /कसैले सपना को कुरा लेख्ला कसैले व्यथा को कुरा लेख्ला आखिर मन को उजगार त हो / सामाजिक संजाल हरु के ति हुने खाने को मात्रै पेवा हो र?खाडी मा तबुक बोक्ने हरु को पनि आफनै जिन्दगि हुन्छ , अमेरिका र बेलायत मा लेक्चर गरें हरुको पनि आफ्नै जिन्दगी / यहाँ कसैले कसैको लागि बाचि दिएको छैन आफ्नु को लागि आफै बच्नु पर्छ / समाज को मपाई भनाउदो हरु केहि पल गरिब को सोच संग जिएर हेर्नु जिउनु कति गार्हो छ / हुन् त जो हुन् तिनी हरु पनि यसै बर्ग बाट गाको हुन् / मान्छे ले जरा भुल्न थाल्छ हरिया पता हरु हाँगा बिंगामा लहराए पछी / केहि खोटो पैसा समाजलाई फालेर म समाजबादी हु भन्ने अंहकार प्रस्तुत गरेको पनि देखोको छु / जब सम्म काम को मूल्य कामदार ले गर्न जान्दैन यस्तो सामाजिक असमनता रही रहन्छ / शिक्षित किताब ले हुने होइन ब्यबाहार ले हुने हो ,किताबले केवल शिक्षा मात्रै दिन्छ ,,,,,,,,,,,,,,,,,,,
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment