पोल्टा भरी खुशी को भिक्ष्या भर्न
मुग्लान नै भासिनु पर्ने बाध्यता
चुर्लुम रिन को थैली बोकी
क्षितिज पारीको सुख खोज्नु
बिकल्प नै के थियो र ?
मुठी भरी बर्कौला सरि सिटमोल
मुखमा चेपेर पसिनामा भिज्नु
आँफैमा नियती थियन कसैलाई
पल भरको झिनो आसामा
जिन्द्गी नै बन्द्गी बन्छ र?
यहाँ हेक्का भयन
गिद्धिलाई भुट्ने कोशीश गर्छन्
थाक्नु पाउदैन थकाई दिन्छन
मान्छेको मान्छेलाई नै विश्वाश
अबिश्वासमा कोइला जस्तै
साहारा हिन निरही जलाउछ
तातो ताप मा ठुलो भनाउदो भुँडी सेक्छन
आखिर मान्छेले मान्छेलाई गर्ने अधिकार
यही हो ,यही रहन्छ
सोध्नु मन छ र
पनि सोध्नु नस्कनु
गल्तीले गलहत्याउछ रहर हरुलाई
मस्त नाच्छ पिडाहरु
बाढीमा डुब्छन यि निर्दोस आँखाहरु
बाँधिएका रोदन छाल् बनी
हरहमेसा उर्लिरहन्छ
केबल उर्लिरहन्छ ,,,,,,,,,,,,,,
Thursday, November 29, 2012
सहमति भन्ने भाँडो
सहमति भन्ने चिजको भाँडो कता तिर पाउछ होला ?? हाम्रो नेपालमा अती खोजि गरीएको भाँडो हो । भन्छन यसमा सबिधान भन्ने धानको भात पक्छ रे ? ब्यपारीहरुले पाए खुब मुल्यमा बेचेर नाफा कमाउथे होला । ढकन लाउन उघार्न मिल्ने खालको भन्छन ? तर प्रेशर कुकर जस्तो चाँही नहोस , बाफ भरिएर हल्ला गर्ने खालको । खुन्खार हाम्रो गोर्खाली कालिगढले पनि बनावट निकाल्न सकेन । चितवने कसाइ लागि परीरहेको छ । खै अस्ती दर्कनेले गालामा भेट्यो भन्थ्यो बिचराले !
एक हप्ता अघी मात्रै बोलपत्र आवान गरेको थियो रे। आज सम्म १ जना रिक्सा चलाऊने साथी ले खसाले छ । प्लास्टिक को भाँडो पो ल्याएछ भनेर गेट बाट छिर्न दिएन छ एकछिन त । कोइराला बाजे आगो फुक्दै छ बल्खुको सासमा । बिना भाँडा आखिर पाक्छ र खाउला भनेर पछी लाग्ने लर्कन हरु निरसा ले सताको छ । मित्तलले खन्दान को एक जना भन्दै थियो डिजाइन बनाउनुहोस् हामी तयार पारी दिम्ला । साँचै सियो नबन्ने देश भनेर तेसै भनेन कि क्या हो ??होइन भने एउटा ताउलो लागि यती धेरै किन खोज अनुसन्धान हो ?यो धेरै धातु हरुको समिस्रण बाट बनाउनु पर्ने भएको ले नै अती कठिन भा को हो भन्ने मेरो बुझाई छ । पाक्नु पर्ने पनि खिचडी जस्तै छ । धातु नगल्नु बेला सम्म मेहेनत गरे पो हुन्छ , सबै अल्छिहरु न त परे । मलाई के थाहा छ भने यो भाँडो बनाउनु भन्दा पनि ब्रान्ड को नाम कस्को राख्ने भनेर खिचतानी हुनु नै अहिल्य सम्मको असफलताको कारक तत्व हो । यहाँ ब्रान्डको नाम ट्याग लगाएर पुषतौ पुषता ब्यापार गर्ने सोच नै सहमति भन्ने चिज बन्न नसक्नु हो । यहाँ काम नगरि जस लिनु चाह्न्छन । सुनौला अक्षेर को लोभ छ , कोइलाले पनि लेख्नु नहूनेहरुलाइ । जब सम्म यो आठर धातु पगाल्न सक्दैन तबसम्म हाम्रो देश मा भात पाक्छ र खाउला भनेर हामी जस्तो जनता आकाश तिर मुन्टो लागाउनु को शिवाय अरु केही हुँदैन । जती पनि तागाधारी गरे पनि हामी जनताहरु भोली भुल्ने छ बैगुनी धातु हरुको बैगुनी व्यबहारसँग ।

Subscribe to:
Posts (Atom)