Pages

ब्लग अवलोकन गरि दिनु भएकोमा धन्यवाद ! . Powered by Blogger.

Friday, December 28, 2012

पहाड र म

पहाड र म 
अनी अन्तर दन्द्द
तीनका चर्केका दरार हरु 
मेरा भाग्यका हस्तरेखाहरु 
कतै समानताले खोर्सेका छन 
कतै अहमता ले अग्लेका छन 
च्यातिएका टोपी उप्केका भिताहरु देखाएर 
खिस्स हासी टोपल्छ पहाड 
म गुदगुदिमा हासी दिन्छु
पहाड नाङेको छ 
सुन्दरता खोसिएको छ
पहाड रिसले तातेको छ
पहाड हिजो आज सुसल्दैन
पहाडको रिसहरुले मलाई पर धकाल्दछ ,
म नटेरेको झै गरी सर्दिन
फेरी हावा को झोका हरुले झोक ले हानी दिन्छ
म सलबलाएर यसो लुकेको झै गर्छु
पहाड लुकेर लहराउन खोज्छ
म चिच्याइ दिन्छु
यता उता हलाई दिन्छु
पहाड रुन्छ चोट बोकेर
म आन्नदले हेरी रहन्छु
पहाड दुब्लाउदै गाको छ
पहाड हास्नु छाडेको छ
पहाड नाच्न छाडेको छ
अनी नचाउन छाडेको छ
म सदा झै पेलिरहेको छु
आउने जाने बदलेर् कतै बगी दिन्छ
कतै झरी दिन्छ
हुसु भित्र निदाइ दिन्छ
फुस्स फुर्सोमा निक्लिदिन्छ
मेरो अत्याचार आँफैमा खेद लाग्दछ
मेरो दन्द्द बेमानी खेल
पश्यातापले जलिरहेको हुन्छु
मेरो खुशी हराको छ
म सँगइ पहाड दुखी भाको छ
म सोच्दै छु ,म जस्तो स्वार्थी छैन रहेछ
म उस्को दु:ख मा हासी दिन्थे
तर पहाड म सँगइ रुवैइ दियो
हिजो आज पहाड क्षयरोग लागे झै खोकी रहेको छ
दिन दिनै खीइदै गाको छ
मैलो पहाड उपचार् खोज्दै
छाती थम-थमाइ रहेकोछ
तेसैले म पनि अतालिएको छु
म एक्लै बराबराउदै छु
मेरो धोकालाई माफ देउ
पहाड मलाई माफ देउ!!!

मन रिसाएको बेला

मन रिसाएको बेला 
मनहरु तल माथी गर्दै 
छटकेको भात झैँ छटकिन्छ 
हो मनहरु उताउली गाई झैँ भड्किन्छ 
किल्ला भाच्ला गरि 
बहसमा राख्न नसकिने गरि रिसाउछ
हो मनहरु बेगले बगी दिन्छ 
उम्लेका मनहरु नाप्न सकिन्न 
बाफसंग धमिल्न्छ ,गफ संग हुतिन्छ मनहरु
झरिले भरिएका टारी खेत झैँ 
कान्ला भत्काउदै सोच लाई
लथार्दै छ भेलको हुलमा
पागों माटोमा दबेको कुलो झैँ
मनहरु कुदेको हुन्छ
अनकन्टार दुन्दुर भित्र
मन हुन्थो मस्तिक संगै कुदद्थ्यो
मन भाडिएर धम्लिएको बेला
मस्तिक पनि बाढीले सोरेको झार झै लथ्रिन्छ
............................

आफनै परिवेश


                       
आज मंगसिर पुर्णिमा (योमरी पुर्णिमा )/ गएको रातभरी जात्रा ले थाकेर आई बिहाना सबरै देखि यामोरी बनाएर भकारी को पुजा गर्दा र खादा निन्द्राले निस्लोट भईन्छ !रात  भरि को चोसो ले होला जिउ सेलाएको झैँ हुन्छ/ तर पनि एउटा खुशी छाएको हुन्छ मनमा /सुखअनुभूति  मिलेको हुन्छ परिवारमा /  घर माथिको जाल्पादेबिको मन्दिर छ / जहाँ बर्षौ देखि र जात्रा लाग्ने चलन चल्दै आको छ / सानु छदा जात्राको हुलमा कता हो कता छलिन्थ्ये/ मन्दिरको अगाडी मारुनी नाच र वरपर झ्याउरे , दोहारी , तामांग सेलो ले डाडा हलाउथे  /म सानो छदा आमाले मन्दिर को चौघेरा भन्दा उम्किन दिदैन थियो /   बुरुक्क बुरुक्क खुट्टा उचालेर  तामाङ्ग सेलो को मेहेंदो माया र साइसाई गोले गाउदा जमिन पुरै हलिन्थ्यो / एउटा आस्था ,एउटा बिश्वास ,एउटा संस्कार , सबैमा सदभाब  र साहिष्णुता ले तिनै गाउ एऊटै एकै भाई  – भाई नाता थियो / मन्दिर संगै को नेवार गाउ , पश्चिमतिर छेत्री बाहुन , दायाबाया तामाङ् सेपिमा मगर र थोरै दलित कामि दमाईले भरिएको यो गाउ सूर्यमुखी झैँ पत्ता पता भएर फक्रेको थियो / बर्ष भरि महेनत भकारीमा थन्काएर पसिना सुकाउने (ओभौने) दिन / माया साट्ने , गास्ने दिन/ सुख, दुख  गाउने  दिन / तामाङ्ग हरुको घरजम गर्ने साइत पनि कतिको यहि थियो / तेसो त बर्ष भरिको दुष्मनीको तुष पनि नमेटने होइन / तर सबै आफनै थियो गाउ आफैमा थियो /सिंगो पुर्णिमा झैँ सिंगो गाउ हासेको थियो /
नुवाकोटको सदरमुकाम बाट लगभग १५  किलोमिटर पश्चिम तिर उकालो लागेर दुई डाडालाई सेतु बनाएको थियो समारी भन्ज्यांग / दुवै डाडाबाट सोरिएर आएको चोसो सिरोठोले रात कटाउन हम्मे हम्मे पार्थ्यो मन्दिर भित्र बस्ने बर्तालुहरुलाई / जात्राको अर्को बिशेष नै मारुनी नाच हो / जो पुस्तोदेखी समाल्दै आएको छ ९५ बर्षे बाजे देब लाल डंगोल  / युवा पुस्ता तेती जम्न नसक्नु अर्को धरहरा बन्दै छ पुरै साँस्कृति पराम्परा /खण्डमा परिणत हुदैछ / जब सम्म मन्दिरको मादी बिर्षजन हुदैन तबसम्म कसैले पनि मन्दिर वरिपरी छाडदैन थियो / नाचेर गाएर छर्लंग बिहाना बनाई दिन्थे ठण्डी रात /
समयले गति लिएको छ / सभ्यता ले बाटो मोडिएको छ / आफंनाहरु पराइ संज्ञाको रुपान्तर भएको छ / हिन्दु र बौद धर्म बस्ने बासिन्दाहरु धर्म छोडेर धर्म को पाठ फलाक्दै छ / देशले धर्म निरपेक्षको घोषणा गरेको भन्छ यहाँ त अब धार्मिक साहिष्णुता चिसेको छ / जातीय नाराले गाजेको छ / मुश्किलले २०० जना भेला हुनु पनि धौधौ भाको छ /४ ,५ गाबिसका हजारौ गह्रामा नअटाउने भिड आज कता हराए ?यी गाउ जस्ता  यस्तै मेला जात्राहरु कता बिलन भए ?? हाम्रो सदभाब लिफ्ट चढेर भ्यलान्टाईन , क्रीसमस र अंग्रेजी न्यु इयर तिर लम्कन थाले  / हाम्रो रितिरिवाजहरु देशबाट  निक्ले / मेलाहरु बन्द कोठा भित्र घन्किन थाले /समयले गाउ लाई सुनामी भएर भत्काउदै छ / परिबर्तन को नाममा अरुको सास्कृतिक भित्राउनु मात्रै परिवर्तन होइन / देश मा हत्या हिम्सा बलात्कार जस्तो कानुन खोज्नु हामी सडक मा उत्रन तयार छौ तर तेस्को न्यूनीकरण तिर सोच्न हामी तयार छैनौ / जति अपराधि भागीदार छ तेती तपाई हामी पनि छ / हाम्रो आफनै रितीरिवाज छ / आफनै सास्कृति र सभ्यता छ / पुर्खा हरुले गह्रा हरुलाई थिएटर बनाए / डिस्को बनाए / रंगमंच मैफिल बनाए /तर हामी रम्न सकेनौ किनकी हामीले उस्थान र बिकाश सोच्न पनि सकेन  बरु  पैठारी सास्कृति भित्राएर बिकाश  र परिवर्तन गरेको गौरब गर्दछौ / हाम्रो कतीपय ठाउँमा लाग्ने पर्ब हाम्रो डिस्को , बार हो /
बिकाश को खुट्किला बाटो, घाटो ,कुलोकुलिसा मात्रै होइन / हामीलाई थाहा नै छ हाम्रो बिकाशको स्तम्भ भन्नु नै पयर्टन र जलस्रोत हो भनेर / हामीले हाम्रो संस्कार रीतिरिवाज,परम्परा, हाम्रो मौलिकता सबै भुले कुन पर्यटन आउने ?? धार्मिक साहिष्णुता  सदभाब भन्दै अरुको पर्ब हरु बिभिन्न सामाजिक संजाल हरु फैलाएर आफुलाई खुब सदभावना दुत ठान्नेहरु एक चोटी आफनै परिवेश फर्केर हेर्न अनुरोध गर्दछु / आफैलाई आफैले शिक्षित र सभारन्त नागरिक सम्झिने हरु कतै अहमता ले चुलेको त छैन ?? नेता हरुलाई दोष दिएर पन्छिन कति पनि पछी पर्दैन देश का शिक्षित वर्ग भनाउदो हरु / होशियार देश !! यस्तो आडम्बर को खोल ओडने हरु देखि / जसले आफुलाई चिन्दैन यस्तोले सिकाएको समाजमा कसरि राम्रो हुन्छ???