दैनिक हजारौ संख्यामा त्रिभुवन बिमान स्थल भएर रहर बोकी नेपाल छोडद छन ।यो एउटा बिकराल समस्या
भएर खडा भएको छ हाम्रो सामु /यसमा न त देशले सोचेको छ न त हामी जनताले नै ? सबैको एउटै साझा लक्ष्य हो पैसा कमाएर
जिन्दगीको सपना बुन्नु । चाहे
युरोपियन देश छिरुन चाहे खाडी मुलुक किन नहोस् सबैको रहर धेरै-थोरै पैसा कामाएर ढलान घर बनाउने या त शहरमा घडेरी किनेर घर बनाउने या घर किन्ने । यसमा केही जमात यस्ता पनि छ जो
परिवार धान्नको लागि पसिन बगाईरहेको छन । कतिन्जेल हामी यही श्रींखलामा चली रहने ?
बाबु पछीको छोरा ,छोरा पछीको नाती प्रदेशमा पसिन बेची जिन्दगी चलाई रहेने ?
नेता र राजनीति
दललाई दोश थुपारेर हामी जनता पन्छिन खोज्दछन । के हाम्रो दायित्व छैन भाबी सन्तति
प्रती ? के हामीले सोचेको छौ आफ्नु लागि र आफ्नु पुस्तालाई ?के हामी खान कै लागि
मात्रै पैदा भाएको हौ ? हो एकल प्रयासले यहाँ केहि हुदैन / किनकी हामीसंग प्रयाप्त
पुजी छैन , एक्लैको योग्यता काफी छैन ,कसैमा भएर पनि आट गर्न सकिदैन / थोरै कमाएको
बचत पनि घाटामा जाने होकी भन्ने डर छ / हामी नेपालीहरुको मनस्थिति र जिबन देखासिखीमा चलेको छ / कसले कहाँ कसरि बस्यो ?
कतिको घर किन्यो कति तलाको ढलान ?कतिको मोटरबाईक किन्यो? कुन ब्रान्डको जुता ,कपडा
लाको छ ? कुन कम्पनिको मोबाइल बोक्छ ? यी-इत्यादि कुरामा हामी प्रतिस्पर्दा खोज्छौ
?कहिल्य सोच्दैनौ कि थारै थोरै लगानी बाट आफनै देशमा रोजगारी सृजना गरौ भनेर /
यहाँ कसैप्रति कोसैको विश्वास राख्दैनौ तर हामी मासिक १५ हजारको लागि १ लाख तिरेर
जिन्दगी नै दाउपेचमा राख्नु तयार हुन्छौ
/अनि जसले कतिको जिन्दगी नै बर्बाद भएको छ ,कति श्रम शोसनमा बाध्यता साथ
टिकट कुरी रहेको हुन्छ / जो अलिकति कमाको हरु पनि देखासेखी मै सक्छ फेरी अर्को भिसा
सृंखला शुरु हुन्छ / हामी अलि कति सोचलाई परिवतर्न गर्न हो भने यस्तो डर लाग्दो जिबन
बाट थोरैले भए पनि छुट्कार मिल्छ / त्यो हो सामुहिक लगानी / हामीमा केहि छैन भनेर
बस्नु भएन ,गर्ने हो भने हामी संग थुप्रै काम छ / नेपाल र नेपाली को भबिष्य र रोजी
रोटि भन्नु नै जल , पर्यटन र जैविक जडिबुट्टी / यस संग सबै जोडेको काम जो हामी
गर्दै आएको छ तर अलिकति के हो भने स्तरीय रुपमा ब्यबस्थित प्रणाली / जो सजिलो र
आफनै घर आगन परिवारको दुख सुख संग रहेर गर्नु सक्छौ / हाम्रो दैनिक जिबनमा भैपरी
आउने आबश्कीय चिज हरु मात्रै हामीले उत्पादन गर्ने हो भने पनि देशको रोजगारको हल
तेसै हुन्छ / सामान्य भन्दा सामन्य कुरामा विदेशको मुक ताक्नु पर्दैन/ तरकारी छैन भारत लाई
गुहारेको छ /कपडा छैन चीन लाइ गुहारेको छ / हो हामी भौगालिक रुपमा तेती सक्षम छैनौ
तर जति छ तेस्को त उपयोग गर्न सक्छौ नि ? घन्टौ सम्म राजनीति गफ गर्न सक्छौ १
घण्टा काम गर्न हामीलाई गार्हो हुन्छ / घरमा स्वास्नी सुत्केरी छ , कुखुरा भाले
खुराक खुवान पैसा छैन काम गर्न डर हुन्छ तर रत्नपार्कमा ढुंगा हान्न डर हुदैन जो श्रम गर्दैन त्यो श्रमिकको हक अधिकारको कुरा
गर्छ / बिस पच्चीस जना मिलेर सानु मझौला
किसिमको आय मुलक कार्य गर्ने होस् वा धेरै को संख्यामा मिलेर ठुला उधोग गर्ने हो,
त्यसमा नेपालीहरु सक्षम छ / यसो हो भने
हामीलाई कुनै दलको बन्द हडताल ले पनि छुदैन / हामी त्यो हुल मा छैन भने हामीलाई
कसले रोक्ने कसले बन्द गर्ने ? सबैले
सोच्ने बेला भएको छ कताइ आफ्नु गोडा मा आफै त बन्चरो हान्दै छैनौ ?
विदेशमा कमउछौ हामी तर बिदेशलाई नै बुझाउछौ
, कसरी भनेर सोच्नु भाको होला ? एक पल्ट आफ्नु छातीमा हात राखेर ठण्डा
दिमागले सोच्नुस त सबै प्रश्न सहि झैँ
लाग्छ र सहि पनि त्यहि हो / मानौ तपाई
विदेशको पैसा कमाएर घर बनाउदै हुनुहुन्छ भने हरेक पैसा बिदेशी रहेको हुन्छ / छड
डण्डी, सिमेन्ट , रंग रोगन , बिजुलीको हरेक समान जो हामीले नै पसिना बगाएर उत्पादन
गरेको होइन र ?तेती मात्रै होइन लाउने देखि खाने सम्म / चाहे मेसिन चलाएर होस् चाहे लोड ओनलोड गरेर होस्
चाहे पहेदार भएर होस् / सबै हामीले गर्ने
अनि नाफा किन अरुलाई खुवाउने ? हो यो पनि हामीलाई थाह छ लगानी कसैले गर्दैन भनेर
तर आफै कामदार आफै मालिक को सपना किन बुन्न सक्दैन ? धेरै नहोला तर आफनै घरमा आफ्नै काम
बाट आउने रकम पक्कै पनि विदेशमा कमाको भन्दा महत्व बढी नै हुन्छ जो पछिल्लो पुस्ता लाइ पनि रोजगारी
को चिन्ता हुदैन /