Pages

ब्लग अवलोकन गरि दिनु भएकोमा धन्यवाद ! . Powered by Blogger.

Wednesday, January 30, 2013

ठुला गर्न नसक्ला ,तर सोच्दामा के बिग्रन्छ र ?


दैनिक हजारौ संख्यामा त्रिभुवन बिमान स्थल भएर रहर बोकी नेपाल छोडद छन ।यो एउटा बिकराल समस्या भएर खडा भएको छ हाम्रो सामु /यसमा न त देशले सोचेको छ न त हामी जनताले नै ? सबैको एउटै साझा लक्ष्य हो पैसा कमाएर जिन्दगीको सपना बुन्नु  । चाहे युरोपियन देश छिरुन चाहे खाडी मुलुक किन नहोस् सबैको रहर धेरै-थोरै  पैसा कामाएर ढलान घर बनाउने या त शहरमा घडेरी किनेर घर बनाउने या घर किन्ने । यसमा केही  जमात यस्ता पनि छ जो परिवार धान्नको लागि पसिन बगाईरहेको छन । कतिन्जेल हामी यही श्रींखलामा चली रहने ? बाबु पछीको छोरा ,छोरा पछीको नाती प्रदेशमा पसिन बेची जिन्दगी चलाई रहेने ?
नेता र राजनीति दललाई दोश थुपारेर हामी जनता पन्छिन खोज्दछन । के हाम्रो दायित्व छैन भाबी सन्तति प्रती के हामीले सोचेको छौ आफ्नु लागि र आफ्नु पुस्तालाई ?के हामी खान कै लागि मात्रै पैदा भाएको हौ ? हो एकल प्रयासले यहाँ केहि हुदैन / किनकी हामीसंग प्रयाप्त पुजी छैन , एक्लैको योग्यता काफी छैन ,कसैमा भएर पनि आट गर्न सकिदैन / थोरै कमाएको बचत पनि घाटामा जाने होकी भन्ने डर छ / हामी नेपालीहरुको मनस्थिति र जिबन  देखासिखीमा चलेको छ / कसले कहाँ कसरि बस्यो ? कतिको घर किन्यो कति तलाको ढलान ?कतिको मोटरबाईक किन्यो? कुन ब्रान्डको जुता ,कपडा लाको छ ? कुन कम्पनिको मोबाइल बोक्छ ? यी-इत्यादि कुरामा हामी प्रतिस्पर्दा खोज्छौ ?कहिल्य सोच्दैनौ कि थारै थोरै लगानी बाट आफनै देशमा रोजगारी सृजना गरौ भनेर / यहाँ कसैप्रति कोसैको विश्वास राख्दैनौ तर हामी मासिक १५ हजारको लागि १ लाख तिरेर जिन्दगी  नै दाउपेचमा राख्नु तयार हुन्छौ /अनि जसले कतिको  जिन्दगी  नै बर्बाद भएको छ ,कति श्रम शोसनमा बाध्यता साथ टिकट कुरी रहेको हुन्छ / जो अलिकति कमाको हरु पनि देखासेखी मै सक्छ फेरी अर्को भिसा सृंखला शुरु हुन्छ / हामी अलि कति सोचलाई परिवतर्न गर्न हो भने यस्तो डर लाग्दो जिबन बाट थोरैले भए पनि छुट्कार मिल्छ / त्यो हो सामुहिक लगानी / हामीमा केहि छैन भनेर बस्नु भएन ,गर्ने हो भने हामी संग थुप्रै काम छ / नेपाल र नेपाली को भबिष्य र रोजी रोटि भन्नु नै जल , पर्यटन र जैविक जडिबुट्टी / यस संग सबै जोडेको काम जो हामी गर्दै आएको छ तर अलिकति के हो भने स्तरीय रुपमा ब्यबस्थित प्रणाली / जो सजिलो र आफनै घर आगन परिवारको दुख सुख संग रहेर गर्नु सक्छौ / हाम्रो दैनिक जिबनमा भैपरी आउने आबश्कीय चिज हरु मात्रै हामीले उत्पादन गर्ने हो भने पनि देशको रोजगारको हल तेसै हुन्छ / सामान्य भन्दा सामन्य कुरामा  विदेशको मुक ताक्नु पर्दैन/ तरकारी छैन भारत लाई गुहारेको छ /कपडा छैन चीन लाइ गुहारेको छ / हो हामी भौगालिक रुपमा तेती सक्षम छैनौ तर जति छ तेस्को त उपयोग गर्न सक्छौ नि ? घन्टौ सम्म राजनीति गफ गर्न सक्छौ १ घण्टा काम गर्न हामीलाई गार्हो हुन्छ / घरमा स्वास्नी सुत्केरी छ , कुखुरा भाले खुराक खुवान पैसा छैन काम गर्न डर हुन्छ तर रत्नपार्कमा ढुंगा हान्न डर हुदैन  जो श्रम गर्दैन त्यो श्रमिकको हक अधिकारको कुरा गर्छ /  बिस पच्चीस जना मिलेर सानु मझौला किसिमको आय मुलक कार्य गर्ने होस् वा धेरै को संख्यामा मिलेर ठुला उधोग गर्ने हो, त्यसमा  नेपालीहरु सक्षम छ / यसो हो भने हामीलाई कुनै दलको बन्द हडताल ले पनि छुदैन / हामी त्यो हुल मा छैन भने हामीलाई कसले रोक्ने  कसले बन्द गर्ने ? सबैले सोच्ने बेला भएको छ कताइ आफ्नु गोडा मा आफै त बन्चरो हान्दै छैनौ ?
विदेशमा कमउछौ हामी तर  बिदेशलाई नै  बुझाउछौ  , कसरी भनेर सोच्नु भाको होला ? एक पल्ट आफ्नु छातीमा हात राखेर ठण्डा दिमागले  सोच्नुस त सबै प्रश्न सहि झैँ लाग्छ र सहि पनि त्यहि हो /  मानौ तपाई विदेशको पैसा कमाएर घर बनाउदै हुनुहुन्छ भने हरेक पैसा बिदेशी रहेको हुन्छ / छड डण्डी, सिमेन्ट , रंग रोगन , बिजुलीको हरेक समान जो हामीले नै पसिना बगाएर उत्पादन गरेको होइन र ?तेती मात्रै होइन लाउने देखि  खाने सम्म /  चाहे मेसिन चलाएर होस् चाहे लोड ओनलोड गरेर होस् चाहे पहेदार भएर होस् / सबै हामीले  गर्ने अनि नाफा किन अरुलाई खुवाउने ? हो यो पनि हामीलाई थाह छ लगानी कसैले गर्दैन भनेर तर आफै  कामदार  आफै मालिक को सपना किन  बुन्न सक्दैन ? धेरै नहोला तर आफनै घरमा आफ्नै काम बाट आउने रकम पक्कै पनि विदेशमा कमाको भन्दा महत्व  बढी नै हुन्छ जो पछिल्लो पुस्ता लाइ पनि रोजगारी को चिन्ता हुदैन /  

Saturday, January 26, 2013

हाम्रो मनस्थिति

के भरिया आफ्नु कहानी लेख्नु सक्दैन ?के श्रमिक मालिक बन्न सक्दैन ?धेरै मित्र हरु को स्तभ हरु पढ्दै आको छु ,कतिपय साथी हरुको अहमता ले चरम सीमामा आफ्नु घमण्ड पोखिएको पाएको पनि छु / कतिपय युरोपियन ,पच्शिमी देश जादैमा अरु खाडी र अन्य देश र स्वदेशी प्रति हियको भाब हरु उजगार गरेको पाएको छ /अझै पनि हामी नेपाली हरुको मन मस्तिस्कमा कामलाई सम्मान गर्ने प्रवृति को बिकाश भएको छैन /त्यहि कुरुपता ले समाज लाइ असमनता को खण्ड हरु खण्डित पार्दैछ/ मान्छे लाई कसैले के अबशर पाको छ कसैलाई पाको छैन / सबै शिक्षित विदेश मा ठुलै मात्रै काम पाउछ भन्ने छैन / पच्शिमी विकसित मुलुक भन्दैमा सबै राम्रो काम पाएको छ भन्ने छैन / कतिपय नगरपालिका को फोहोर उठाउने र पोचोपुचो लाउने स्वीफ़र जस्ता काम पनि गरेको छन् / सेतो बस्त्र धारण गर्दै मा त्यो समाजको चमिकिला हिरा हुन् सक्दैन / पसिना चुवाएर साझ बिहान गर्ने हरुको पनि मनै हुन्छ ,दिन भरि सुकिला मुकिला भएर कलम चलाउने हरु को पनि मनै हो / फरक तेती हो कोई पसिना चुवाउने र दिमाग खिलाउने /आखिर दुवैको मानबियता भावना एकै हुन्छ /कसैले सपना को कुरा लेख्ला कसैले व्यथा को कुरा लेख्ला आखिर मन को उजगार त हो / सामाजिक संजाल हरु के ति हुने खाने को मात्रै पेवा हो र?खाडी मा तबुक बोक्ने हरु को पनि आफनै जिन्दगि हुन्छ , अमेरिका र बेलायत मा लेक्चर गरें हरुको पनि आफ्नै जिन्दगी / यहाँ कसैले कसैको लागि बाचि दिएको छैन आफ्नु को लागि आफै बच्नु पर्छ / समाज को मपाई भनाउदो हरु केहि पल गरिब को सोच संग जिएर हेर्नु जिउनु कति गार्हो छ / हुन् त जो हुन् तिनी हरु पनि यसै बर्ग बाट गाको हुन् / मान्छे ले जरा भुल्न थाल्छ हरिया पता हरु हाँगा बिंगामा लहराए पछी / केहि खोटो पैसा समाजलाई फालेर म समाजबादी हु भन्ने अंहकार प्रस्तुत गरेको पनि देखोको छु / जब सम्म काम को मूल्य कामदार ले गर्न जान्दैन यस्तो सामाजिक असमनता रही रहन्छ / शिक्षित किताब ले हुने होइन ब्यबाहार ले हुने हो ,किताबले केवल शिक्षा मात्रै दिन्छ ,,,,,,,,,,,,,,,,,,,

Tuesday, January 22, 2013

नेता मा चेतना भय

रोडमा कार्यकर्ता उभ्यौदैमा देश बिकाशको परिबर्तन हुदैन ,देश लाइ क्रान्ति होइन बिकाशको खाचो छ /समय सापेक्षक चल्नु सकेन भने हामी र हाम्रो देश असफल दिशामा दौडिने पक्का छ / देश ले एक स्थिर सुशासन खोजेको छ / जनतालाई भेडा सम्झेर प्रयोग गरि रहेने हो भने एक दिन तानाशाही ले जन्म लिने छ / दल हरु को सदबुद्धि छ भने हजारौ कार्यकर्ता रत्नपार्क र टुडिखेल मा मास उतार्नु को सट्टा , सडक निर्मार्ण , हाईड्रो पावर निर्मार्ण , साबर्जनिक सरसफाई, बाताबरनीय रोक थामको लागि बिरुवा रोपन ,आदि ईत्यादी तिर श्रममा लगाउने हो भने त्यो दल लाई बहुमत ले जिताउने छ / किनकि हाम्रो खाचो नै त्यहि हो / जनतालाई कुर्ची र सस्तो नारा होइन , स्वास्थ्य ,शिक्षा ,सुरक्षित आवासको साथै देशको बिकाशको खाचो छ / हाम्रो मुलुक भौगालिक जटीलता भए पनि बिकाशका सम्भाबना बोकेका अनेकौ प्रकृति सम्पदाहरु परिश्रमको पसिना कुर्दै छ / देशले सहिद अब मागेको छैन न त रगत नै मागेको छ केवल पसिना /सत्ता लुप्सालाई नै सधै जोडेर राजनीति गर्ने हो भने अहिल्यको नेताहरुलाई ईतिहासले कहिल्य माफी दिने छैन / बिगतका बाह्र बर्ष ससस्त्र युद्धलाई फर्केर हेर्न हो भने देशले के पायो ?त्यसको मूल्याकन कसैले गर्ने सक्दैन / तेती को बलिदान बिकाशमा खर्चने थियो भने आज टुकी को भर पर्नु पर्दैन थियो /न त १६ हजार जनताको रगत ले यो माटो भिजाउनु पर्थ्यो / अझै पनि समय छ बिगतलाई भुलेर देशको लागि सोच्ने हो भने जुन सुकै दल होस् आर्थिक क्रान्तिको थालनी गर्नु पर्छ त्यो नै जनताको प्रिय दल हुने छ / जति नै देश भक्त को गाथा गाए पनि आखिरपेट ले खान माग्छ नै / भोको पेट यहाँ कसैको ताकत हुदैन लड्नलाई / जनता सबल भए देश तेसै सबल हुने छ / सम्रद्दी नेपाल हेर्ने हरेक नेपाली को चाहना छ त्यसको लागि जनता पसिना बगाउनु पनि तत्पर छ भने दल हरु सधै किन आपसी खिचतानी मा अल्झी रहन्छ / नारा जुलुस को त्यो हुल जसले बिकाशको मूल खोताल्न को लागि प्रयोग गर्छ त्यहि नेपाली जनता को मन मा एक स्थायी रुपमा प्रिय बनि रही रहन्छ /

Saturday, January 19, 2013

मेरो देश


छाती भरी कुदी बसेको छ सुन्दर धर्ती
बनपाखा भरी फुलेको छ सुगन्ध लालिगुँरास

संसारको शिर बनी हास्ने हाम्रो सगरमाथा
शान्तीको  सन्देश बाडने बुद्धको तपो भुमी

किसानहरु जाग्दछ तराई पहाड झुल्के घाममा
बिरहरुको रगतले लेखेको अटल अमर नेपाल

खोला नदी सुसेल्छ हाम्रो भबिश्यको पथ बोकी
उनन्ती र प्रगतीको चाहन्छ नेपालीको  मनमा

अतिथीहरु ढुल्न चाहन्छ स्वर्ग भुमी ठानी
नेपाली हामी कोरु प्रकृतिको तस्बिर देब थानी    
 

Friday, January 18, 2013

चोरेर मनलाई म आफै ठग्नु सक्दिन

चोरेर मनलाई म आफै ठग्नु सक्दिन 
कयौ पाप छ यो संसारमा म गन्न सक्दिन 

ब्यथाहरु म सहि दिन्छु भुल्न सक्दिन 
स्वार्थ भरिएको छ यो समाज म खुल्न सक्दिन 

आमाको ममता ले भरिएको मेरो मन चोट दिन सक्दिन 
सबैको गल्ति हरु धेरै छन् यहाँ म खोट देखाउन सक्दिन