Pages

ब्लग अवलोकन गरि दिनु भएकोमा धन्यवाद ! . Powered by Blogger.

Friday, September 27, 2013

मैले आफ्नु दिल आफै संग राख्छु भन्छु 
चोरी भागी तिम्रो यादमा मुटु छुन्छु भन्छु
 
व्यथा बनि किन सताउछ आखा बाट आशु झरी 
मन मा पिडा गराई किन टाडा भाग्यो जिन्दगी भरि 

नशाले खसाल्यो कि आज लातले मारयो खै कुन्नि 
चोट बिना पनि दुख्दैछ धेरै धेरै भित्र मुन्नी 

पैरो लाग्यो आफ्नै मनमा बस्ति बसाउ भन्ने नगर्नु कुरा 
कहिले काही घात गर्छ आफ्नैले अनि कसरि हुन्छ पुरा

Monday, July 1, 2013

कता जादै छ देश

.....५१ सालमा नेपाली काग्रेस नआतेको भए र ५६ साल पछी एमाले नामातेको भए नेपाली जनता र नेपाल ले यस्तो दुर्दशा देख्नु पर्दैन थिए / न त यी दल को हबिगत नै यस्तो हुन्थ्यो /जाल-झेल ,डर र त्रास को आभास भन्दा नेपाली जनताले तेसपछीका दिन बाट अरु केहि पाएन / त्रास  डर जबर्जस्ती बलको भरमा कतिजेंल थेग्नु सक्छ र? एमाओबादीहरुले पनि / चारै तिर उदांगो भएर पनि अझै एक्लो रबाफ नछोड हो भने साउन भदौ को खहरे झैँ हुने छ एक दिन निश्चित रुपले ...भारती बिस्तारबादको चुनामा उतेजित मधेशबादीले नेपाली बस्तु स्थिति नबुझ्ने हो भने एकदिन यिनले पनि थाहा पाउने छ नेपालीको साचो भाटो.. धनेशो कुचेको अबस्थामा  कुई कुइ गर्दै जता बाट छिरेको छ त्यताई फर्कनु पर्ने हालत / व्यापक निराशाजनक र नैरश्यता को फाइदा लिनु खोज्नु पहेली घाम हुनेछ अस्ताउदो शक्तिलाई , तेही मास देखेर खुसि मनाई हाल्ने तेती राम्रो पनि छैन किनकी त्यो मास साँझ पछी बासस्थान फिर्ने छ ..
...
देश पराल छिरेको अबस्था छ , जो कोईले त्यान्द्र तान्नु स्वाभाविकै हो तर जब माच तयार हुन्छ त्यो बेला नेपाली को मन समेत हलाउने आट कसैले गर्ने छैन , यसो हुनु मा कुहेको बोरा भित्र बाट आलु छाने सरी नेता लाई चाल्नु पर्छ ,यदि बेलामै सद्बुद्दी आयो भने देश भक्त र बिकाश प्रेमीहरु....
 ....

जनताको चाहना बिना देशमा हल्ला मच्चाउने हरुलाई पाखा नलाउने हो भने देश बुढी गाई हुनेछ / आज दुई कित्तामा जनता उभिएको छ वा उभाईएको छ तेस्को जिम्मा कसले लिने ??मेरो गोरु को बाह्रै टक्का हुने भए राणाकाल र पंचायती नै ठिक नि हैन भने केको क्रान्ति बैध बाजेको ?? ४६ भन्दा पहिला देखि राष्ट्रियता नारा लगाउदै लिस्नु माथि पुगेपछि मखन खानेहरु हामी जनतालाई थाहा नभएको होइन र छिपेको छैन ति अनुहार हरु  .. देशले दश गजाको सुरक्षा मागेको छ, देश भित्र राष्ट्रिय भनेर भाई भाईको लडाई होइन, देशले स्थिर राजनीतिक र बिकाश मागेको छ / हरेक दिन खेर गइरहेको धनले  सराप्ने छ ,यदि बेलामै ब्यबस्थापन देशले नपाउने हो भने / नेपालको जल , जंगल र यो मनोरम हिमश्रीखला नै हाम्रो रोजी रोटि हो भन्ने जान्दाजान्दै पनि यस प्रति कुनै एजेन्ट छैन भने हाम्रो भबिष्य तपाई हामीले अनुमान लगाउन गार्हो नपर्ला ........ 

Tuesday, March 26, 2013

गजल

हरियो डांडा भन्दा माथि पहाडमा फल्छ हिउँ
विश्वले भन्छ आहा कति राम्रो नेपालको जिउ 

विरताले लेखिएको अटल अमर हाम्रो देश 
नेपाली भैई मरुला परे ज्यान बाजी राखी दिऊ 

नेपाली आमाको छाती फाट्ला कतै अज्ञानताले 
आऊ दाजु भाई दिदि बहिनि मिलिजुली सिउ

मरे पनि हाम्रै मर्छ बाँचे हाम्रो नै राम्रो एकता 
पबीत्र छ शान्ति भुमि कतै खोज्नु दिनहुन्न निउ 

हाम्रै धर्ति हाम्रै ज्यान सबैको साझा, छैन पराई 
गोडमेल गरि फुलाउनु छरु बिकाशको बिउ 

नेपालका गौरवः लैनसिंह वाङ्देल


नेपालका गौरवः लैनसिंह वाङ्देल
------------------------------
लैनसिंह वाङ्देलको जन्म १९८१ साल पुस ७ गते दार्जीलिङको तकभर चिया कमानमा भएको थियो । उनी रङ्गलाल र्राई र विमला र्राईका कान्छा छोरा थिए । रङ्गलाल र्राई भन्नु त्यहाँ सिकर्मीको काम गर्थे र पछि उनी चिया कमानको क्लर्क भए । साथै आमा विमला र्राईचाहिँ लैनसिंह जन्मेको डेढ वर्षा नै स्वर्गीय भइन् ।
वाङ्देल सानैदेखि जेहेन्दार थिए । उनले दार्जीलिङ हाइस्कुलमा पढे । म्याटि्रक पास गरेपछि उनले आफ्नो र्राई थरलाई वाङ्देलमा रूपान्तर गरे । त्यसपछि उनका बुबा रङ्गलालले पनि आफ्नो थर वाङ्देल लेख्न थाले र दाजु प्रेमसिंहले पनि त्यसै गरेका थिए ।
विद्यार्थी कालमा वाङ्देल गीत गाउँथेनाच्थेमुरली बजाउँथेसङ्गीत गर्थेचित्रकला पनि कोर्थे । उनी नाटक लेख्थेनिर्देशन गर्थे र आफू पनि खेल्थे । अनि नाटक हलमा राखिने पर्दामा पनि उनैले बुट्टा हाल्थे ।
म्याटि्रक पास गरेर वाङ्देल कोलकात्ताको गभर्नमेन्ट कलेज अफ आर्टस एन्ड क्रयाफ्टसमा पढ्न थाले । त्यहाँ उनले ६ वर्षपढे ।
कोलकात्तामा वाङ्देलका प्रिय साथी जेवी तामाङ थिए । तामाङकै भरथेक र संरक्षणमा उनी त्यहाँ बसे । तामाङसँगै बसेर वाङ्देलले 'मुलुक बाहिरनाउँको उपन्यास लेखे । त्यसपछि उनी कलाकार र साहित्यकारमा बराबरी परिचित हुन थाले । त्यस बेला उनी चित्रकार र साहित्यकार भए तापनि उनको कला बिक्तैनथ्यो र साहित्यबाट पनि फुटिकौडी आम्दानी हुँदैनथ्यो । त्यसैले उनी कहिले तामाङका सौजन्यमा अघाएर सुत्थे र कहिले भोकै पनि सुत्थे । त्यसबेला उनीसँग जुत्ताचप्पल पनि हुँदैन्थ्यो र तामाङका फाटेका चप्पल लगाएर हिँड्थे । अनेक कष्ट खेप्तै उनले जैन निकेतनमा जागीर पाएका थिए । तर त्यहाँ उनी धेरै टिकेनन् । अनि जागिर खाने अभ्रि्रायले ओसीको सल्लाह र मद्धतमा उनले कमर्सियल आर्ट सिक्न थाले ।
फाइन आर्टसमा कलेज प्रथम भएका वाङ्देलले फेरि सस्ता चित्रकला बनाउने काम सिक्न थाले । ओसीकै मद्दतले उनले डीजे किमरमा जागिर पाए र मासिक साडे तीन सय रुपियाँ खान थाले । अनि जागीर खाएपछि उनले 'प्रभातसाहित्यिक पत्रिका आफ्नै सम्पादनमा प्रकाशन गर्न थालेका थिए ।
वाङ्देलले आफ्नो जागीरबाट कमाएको पैसा नाथ बैङ्कमा राख्थे । उनले पैसा राख्न थालेको वर्षदन नपुग्दै त्यो बैङ्कका मालिक बैंकमा रहेको सम्पूर्ण पैसा गुटुमुटु पारेर मागेको थियो । त्यस घटनाले वाङ्देल रुनु रोएका थिए । त्यसबेलाको बेहोरा पछि उनले (नरेन्द्रराज प्रसाईलाई) भनेका थिए, 'मैले भोकभोकै जोडेको पैसा खाएर भाग्यो ।'
वाङ्देलको युरोप गएर उच्चस्तरीय कला अध्ययन गर्ने धोको थियो । त्यसैले उनी २००९ साल फागुन २ गते जलकीर्ति चढेर कोलकाताबाट युरोप लागे । कोलकाताबाट हिँडेको पैंतीसौं दिनमा उनी चढेको पानी जहाज बेलायत पुगेको थियो ।
लन्डनमा पुगेर वाङ्देलले र्सवप्रथम सेक्सपियरको नाटकसम्बन्धी एक महिने कोर्स पढे । उनी विभिन्न बहानामा साढे तीन महिना त्यहीँ अड्के । त्यसपछि उनी प|mान्सको पेरिस पुगे । पेरिसमा उनी इकोल द बोजार्टमा भर्ना भए । त्यसैबेला उनी पिकास्सोको घर पनि पुगे । त्यसैबेला उनले अलबर्ट कामुलाई पनि भेटेका थिए । अनि त्यही पढेताक उनले म्यानगगको चिहान पनि हेरेका थिए ।
पेरिसमा वाङ्देल सारै दुक्खले बसे । त्यहाँ पढेताका उनी मीठोमीठो खान पाउँदैन थिए । त्यसैले उनी बुलभार्ड मोपार्नासमा पुग्थे र मीठामीठा भोजनको गन्ध सुँघेर धीत मार्थे । त्यहाँ उनले आफूले बनाएका चित्रहरू पनि बेचे । तर हप्तौं हिँडेपछि मात्र मरितरि उनको एउटा चित्र बिक्थ्यो ।
वाङ्देलले पेरिसबाट कलाको ६ वर्षो कोर्स तुरे । वास्तवमा त्यस अवधिमा उनी जियोकोन्डाको मूर्तिको सेरोफेरोले बाँचेका थिए । अनि त्यहीं उनले जागरि पनि पाएका थिए । त्यसैबेला नेपालका प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले फ्रन्समा भएका नेपालीलाई पढ्न छात्रवृत्ति पठाएका थिए । जागिरभन्दा धेरै पैसा आउने छात्रवृत्ति उनैले नै पाए । अनि जागीर छाडेर उनी पुनः पढ्न थाले ।
वाङ्देल रसिक थिए । दार्जीलिङकी युम्पीदेखि देवकुमारीसमेत गरेर उनले झन्नै १५ जना युवतीसँग प्रीति गाँसेका थिए । उनका जीवनमा आएका स्त्रीहरूमध्ये कतिसँग उनले मानसिक भोग गरे र कतिसँग शारीरिक भोग पनि गरेका थिए । उनी आफ्नो गोजीमा चाँदीका औंठी बोक्थे र मन परेकी केटीका औलामा लगाइदिन्थे र भन्थे 'यो सधै लगाई राख है !जतिसुकै केटीसँग उनको उठबस भए तापनि अन्ततः उनको जीवनयात्रामा अविरल सहयात्रीका रूपमा मानकुमारी थापा क्षत्रीले नै साथ दिइन् । यति हुँदाहुँदै पनि वाङ्देलका घरमा पछिसम्म केटीहरूका प्रेमपत्रहरू आइरहन्थ्यो । उनले पाएका प्रेमपत्र झन्नै एक बोरा जति थिए ।
२०१० साल वैशाख १९ गते पेरिसमा वाङ्देलको बिहे मानकुमारी क्षत्रीसँग भएको थियो । त्यस बेला मानकुमारी लन्डनको रोयल फ्रि अस्पतालमा स्टाप नर्स थिइन् । वाङ्देलको जीवनभरि तिनै मानु वाङ्देल उनकी करुणाकी देवीमायाकी खानी र भरोशाकी मुहान बनिन् । साथै यिनै देवीले वाङ्देलको उत्तराधिकारीका रूपमा डीना वाङ्देल पनि जन्माइन् ।
वाङ्देललाई नेपालमा ल्याउन राजा महेन्द्र र प्रधानमन्त्री बीपी कोइरालाको योगदान थियो । साथै वाङ्देलको व्यक्तित्व उचाईमा केशरशमशेरको पनि आड थियो । 
राजा महेन्द्रले वाङ्देललाई बोलाएपछि उनी २०१७ साल चैत ५ गते काठमाडौं भित्रिएका थिए । उनको काठमाडौंमा सबैभन्दा पहिला शङ्कर लामिछानेसँग भेट भएको थियो साथै सुरुसुरुमा उनीहरूलाई पाल्ने काम प्रगतिका सम्पादक नारायणप्रसाद वाँसकोटाले गरेका थिए । 
नेपाल आएको केही दिनमा नै वाङ्देल दम्पत्तिलाई राजा महेन्द्रले राजदरबार बोलाए । अनि उनले राजाबाट आफ्नी पत्नीसहितले काम पाउने आश्वासन पाएका थिए ।
२०१८ साल वैशाख २५ गते नेपाल प्रज्ञाप्रतिष्ठानले रवीन्द्रनाथ ठाकुरको शतवाषिर्की समारोहको आयोजना गरेको थियो । राजा महेन्द्रको हुकुमले त्यसबेला ठाकुरको चित्र वाङ्देलले नै बनाए । अनि राजाले त्यही चित्रको उद्घाटन गरेका थिए । त्यसैबेला राजासामु नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति बालचन्द्र शर्माले भाषणका क्रममा भनेका थिए, 'लक्ष्मीप्रसाद देवकोटाको निधनबाट रिक्त हुन आएको नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यमा वाङ्देल मनोनीत हुनुभएको बेहोरा अवगत गराउँछु ।पछि उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको उपकुलपति पनि भए र कुलपति पनि भए । 
राजाकै हुकुमले मानु वाङ्देललाई पनि प्रसुतिगृहमा भर्ना गरिएको थियो र केही समयपछि उनी त्यहाँकी मेट्रोन पनि भइन् ।
वाङ्देलका चारवटा उपन्यासतीनवटा निबन्धसङ्ग्रह र एउटा विश्वका छ महान कलाकार नामक जीवनीकृति लेखे । साथै अनुदित र सम्पादित गरेर उनका तीन वटा कृति प्रकाशित भए । नेपाली र अङ्ग्रेजी भाषामा उनका नौ वटा पुरातात्विक कृतिहरू आविष्कार भए । उनी पुरातात्विक खोजका पनि औपचारिक व्यक्ति मानिन्थे । 
वाङ्देल अमूर्त कलाका नायक थिए । उनले जम्मा दुई हजार चित्र बनाए र तीमध्ये ८० प्रतिशत बिक्री गरे । 
वाङ्देलले गोर्खा दक्षिणबाहुपृथ्वी प्रज्ञापुरस्कारभूपाल पुरस्कारउत्तम शान्ति पुरस्कारसरस्वती पुरस्कारलगायत देशदेशान्तरबाट अनगिन्ति सम्मान र अभिनन्दन पाएका थिए ।
वाङ्देल नेपाल राष्ट्रका गौरव थिए । नेपालको कला र पुरातात्विक विषयलाई अन्तराष्ट्रिय जगतमा थप चिन्हाउने काम उनैले गरे । अनि वाङ्मयको सेवा गर्दागर्दै २०५९ असोज २९ गते उनी आफ्नै घर ललितपुरमा स्वर्गीय भए । 
नरेन्द्रराज प्रसाई

गजल


गला कानमा सजाउने सुन दिन्छु
मनै उज्यालो बनाउने जुन दिन्छु

जन्तीको लावालस्कर मात्रै होइन
पन्चे बाजामा प्रिरतिको धुन दिन्छु
साथ बिताउने कसम मात्रै किन
परि आए मुटु काटी गुन दिन्छु

जिबन भरि जिउन साथ तिमीले मागे  
हजार जन्म तिम्रो साथ पुन दिन्छु

तिम्रो मिलन बिना "" कोहि होइन 
मर्न परे  तिम्रो लागि खुन दिन्छु

के बिस्थापित नै भएको हो ?

के हाम्रो शब्दहरु बिस्थापित हुदै गएको हो त ? सानु सानु मा सुनिने शब्द हरु सुन्न मुश्किल किन हुदै छ ?फागु,फाउ = होलि , तिहार =दिपावली ,,आदि पर्ब को रुपमै चल्ने भाषा त हामी भुल्दै छु भने अन्य कयौ शब्दहरु हाम्रो मन मस्तिष्कले मेटी सकेको छ /हाम्रो राजनीति संगै भाषिक शब्दहरु दक्षिण तिर बगेको छ / यो तितो यथार्थ हो /नेताहरुलाई मात्रै दोष के दिने ?त्यतिकै हामी पनि दोषी छौ / 
जसरि भौगलिकतामा सिमा कोरेको हुन्छ ,त्यसरी नै भाषाक शब्दहरुको पनि सिमा रेखा हुन्छ नै / होइन भने अंग्रेजी फिल्ममा बोलिने संबाद बोलि दिए भयो नि !,,,,,अर्थ एकै भए पनि शब्दको फरक पन ले मौलिकतामा पनि फरक पार्छ / “अतिथि देब भब” हामीले उच्चारण गर्ने मन्त्र यानकी हामी नेपालीहरु पाउनलाई एकदम बिशिष्ट रुपमा देवता सम्मान सत्कार गर्छौ/यसको मतलब यो पनि हुनु पर्छ भन्ने छैन आन्गतुक शब्दहरुलाई पनि तेती नै रुपमा लिई जप्नु /हुन् त म कुनै भाषा बिज्ञ हु न त त्यति ज्ञान नै छ /तर पनि मनमा एक किसिमको आवेग चल्छ हाम्रो नक्कल बानी देखि तेसैले शब्द लाइ पनि सिमा रेखा संगै छोडी दिनु पर्छ भन्ने मात्रै हो / होइन भने साथी संग बोलिने शब्द आमा बुबा संग बोल्न किन डराउने ?पति पत्नी संग बोल्ने शब्द किन अरु संग नबोल्ने ? तेसमा पनि मिठास छ प्यारो छ आत्मियता छ / जनजिब्रो लाई मिठो मान्दै खान थाल्ने हो भने हाम्रो जिब्रो एक दिन बिग्रिएको पाउछ ,कालन्तरमा अबश्य क्यान्सर युक्त हुने छ / मैले माथिका मात्रै दुई उदाहरण रुपमा भनेको होइन यस्ता अनेकौ छ जो छरपस्ट भएर पनि नाङ्गो आखाले देख्दैनौ / बिशेष त पहिचाहन खोज्ने हरुको चेतना भया:

Tuesday, March 12, 2013

तिम्रै माया बग्छ भेल झैँ

तिम्रै माया बग्छ भेल झैँ 
मुटु भित्र कुदी रहन्छ सेल झैँ 

म आफैलाई थाहा छैन 
किन अल्झिन्छ जेल झैँ 

सत्य धर्म धरम ढाटेको छैन 
यो मुटु पेलिरहेछ तेल झैँ 

गार्हो छ पखाईको दिन बिताउन 
कहिल्य हुन्छ चखेवाको मेल झैँ

मन्ध मुग्ध सुभास फैलोस
पाकेर झर्न लागेको बेल झैँ 

Sunday, February 3, 2013

गजल

जित्छु भनेर माया गासिन 
मर्छु भनेर उमेरलाई साचिंन 

धोकाहरुमा तिमि नाच्छौ 
यो त मैले कहिल्य सोचिन 

भत्काई आठा नाता मास्यो
छुट्छ भनेर साथ गासिन 

केहि भुल तिम्रो, केहि मेरो 
बदलामा रुवाउछ मैले सोचिन

नियतिले तिमीलाई जितायो
बदनाम गरेर कहिल्य नाम गासिन

भाइरस


शरीर भित्र भाइरस
मन भित्र भाइरस
देश भित्र भाइरस
जता ततै भाइरसले खान भो 
एन्टी भाइरस लाई नटेर्ने भो 
एन्टी भाइरस भन्दा भाइरस बलियो भो
यो भाइरसतन्त्र भूखण्ड हुन्
गोजी भित्र एन्टी भाइरस बोक्ने दिन आयो
हावा छानेर स्वास लिनु पर्ने दिन आयो
यता डुल्छ उता डुल्छ
बिना थाहै भाइरस घुल्छ
दिनमा   भाइरस 
रातमा पनि भाइरस
तापमा , स्वासमा भाइरस
नशा अनि ,नाशमा भाइरस
यता उता सबै जता भाइरस 
मायामा भाइरस
बिछोडमा भाइरस
मिलनमा भाइरस
नातामा भाइरस
प्रेमलाई तोड्नु खोज्छ भाइरस
बिछोडमा मार्न खोज्छ भाइरस
नातामा स्वार्थ बनि घुस्छ भाइरस
मिलनमा खुसी बनि घुस्छ भाइरस
खेतको गह्रा भरि कुदछ भाइरस
कम्पुटरको गिद्दी भित्र
 हयांग बनि डुल्छ भाइरस
नेता भित्र भाइरस
अर्थ भित्र भाइरस
रास्ट्रीयता भित्र भाइरस
अहमताको जरा गाढ़ी हिड्छ
विभक्तको चर्चा बटुल्छ
स्वाधीनताको चुर भित्र गढ़छ
यो भाइरस मय भो संसार
उफ नसकिने भो भाइरस 

Wednesday, January 30, 2013

ठुला गर्न नसक्ला ,तर सोच्दामा के बिग्रन्छ र ?


दैनिक हजारौ संख्यामा त्रिभुवन बिमान स्थल भएर रहर बोकी नेपाल छोडद छन ।यो एउटा बिकराल समस्या भएर खडा भएको छ हाम्रो सामु /यसमा न त देशले सोचेको छ न त हामी जनताले नै ? सबैको एउटै साझा लक्ष्य हो पैसा कमाएर जिन्दगीको सपना बुन्नु  । चाहे युरोपियन देश छिरुन चाहे खाडी मुलुक किन नहोस् सबैको रहर धेरै-थोरै  पैसा कामाएर ढलान घर बनाउने या त शहरमा घडेरी किनेर घर बनाउने या घर किन्ने । यसमा केही  जमात यस्ता पनि छ जो परिवार धान्नको लागि पसिन बगाईरहेको छन । कतिन्जेल हामी यही श्रींखलामा चली रहने ? बाबु पछीको छोरा ,छोरा पछीको नाती प्रदेशमा पसिन बेची जिन्दगी चलाई रहेने ?
नेता र राजनीति दललाई दोश थुपारेर हामी जनता पन्छिन खोज्दछन । के हाम्रो दायित्व छैन भाबी सन्तति प्रती के हामीले सोचेको छौ आफ्नु लागि र आफ्नु पुस्तालाई ?के हामी खान कै लागि मात्रै पैदा भाएको हौ ? हो एकल प्रयासले यहाँ केहि हुदैन / किनकी हामीसंग प्रयाप्त पुजी छैन , एक्लैको योग्यता काफी छैन ,कसैमा भएर पनि आट गर्न सकिदैन / थोरै कमाएको बचत पनि घाटामा जाने होकी भन्ने डर छ / हामी नेपालीहरुको मनस्थिति र जिबन  देखासिखीमा चलेको छ / कसले कहाँ कसरि बस्यो ? कतिको घर किन्यो कति तलाको ढलान ?कतिको मोटरबाईक किन्यो? कुन ब्रान्डको जुता ,कपडा लाको छ ? कुन कम्पनिको मोबाइल बोक्छ ? यी-इत्यादि कुरामा हामी प्रतिस्पर्दा खोज्छौ ?कहिल्य सोच्दैनौ कि थारै थोरै लगानी बाट आफनै देशमा रोजगारी सृजना गरौ भनेर / यहाँ कसैप्रति कोसैको विश्वास राख्दैनौ तर हामी मासिक १५ हजारको लागि १ लाख तिरेर जिन्दगी  नै दाउपेचमा राख्नु तयार हुन्छौ /अनि जसले कतिको  जिन्दगी  नै बर्बाद भएको छ ,कति श्रम शोसनमा बाध्यता साथ टिकट कुरी रहेको हुन्छ / जो अलिकति कमाको हरु पनि देखासेखी मै सक्छ फेरी अर्को भिसा सृंखला शुरु हुन्छ / हामी अलि कति सोचलाई परिवतर्न गर्न हो भने यस्तो डर लाग्दो जिबन बाट थोरैले भए पनि छुट्कार मिल्छ / त्यो हो सामुहिक लगानी / हामीमा केहि छैन भनेर बस्नु भएन ,गर्ने हो भने हामी संग थुप्रै काम छ / नेपाल र नेपाली को भबिष्य र रोजी रोटि भन्नु नै जल , पर्यटन र जैविक जडिबुट्टी / यस संग सबै जोडेको काम जो हामी गर्दै आएको छ तर अलिकति के हो भने स्तरीय रुपमा ब्यबस्थित प्रणाली / जो सजिलो र आफनै घर आगन परिवारको दुख सुख संग रहेर गर्नु सक्छौ / हाम्रो दैनिक जिबनमा भैपरी आउने आबश्कीय चिज हरु मात्रै हामीले उत्पादन गर्ने हो भने पनि देशको रोजगारको हल तेसै हुन्छ / सामान्य भन्दा सामन्य कुरामा  विदेशको मुक ताक्नु पर्दैन/ तरकारी छैन भारत लाई गुहारेको छ /कपडा छैन चीन लाइ गुहारेको छ / हो हामी भौगालिक रुपमा तेती सक्षम छैनौ तर जति छ तेस्को त उपयोग गर्न सक्छौ नि ? घन्टौ सम्म राजनीति गफ गर्न सक्छौ १ घण्टा काम गर्न हामीलाई गार्हो हुन्छ / घरमा स्वास्नी सुत्केरी छ , कुखुरा भाले खुराक खुवान पैसा छैन काम गर्न डर हुन्छ तर रत्नपार्कमा ढुंगा हान्न डर हुदैन  जो श्रम गर्दैन त्यो श्रमिकको हक अधिकारको कुरा गर्छ /  बिस पच्चीस जना मिलेर सानु मझौला किसिमको आय मुलक कार्य गर्ने होस् वा धेरै को संख्यामा मिलेर ठुला उधोग गर्ने हो, त्यसमा  नेपालीहरु सक्षम छ / यसो हो भने हामीलाई कुनै दलको बन्द हडताल ले पनि छुदैन / हामी त्यो हुल मा छैन भने हामीलाई कसले रोक्ने  कसले बन्द गर्ने ? सबैले सोच्ने बेला भएको छ कताइ आफ्नु गोडा मा आफै त बन्चरो हान्दै छैनौ ?
विदेशमा कमउछौ हामी तर  बिदेशलाई नै  बुझाउछौ  , कसरी भनेर सोच्नु भाको होला ? एक पल्ट आफ्नु छातीमा हात राखेर ठण्डा दिमागले  सोच्नुस त सबै प्रश्न सहि झैँ लाग्छ र सहि पनि त्यहि हो /  मानौ तपाई विदेशको पैसा कमाएर घर बनाउदै हुनुहुन्छ भने हरेक पैसा बिदेशी रहेको हुन्छ / छड डण्डी, सिमेन्ट , रंग रोगन , बिजुलीको हरेक समान जो हामीले नै पसिना बगाएर उत्पादन गरेको होइन र ?तेती मात्रै होइन लाउने देखि  खाने सम्म /  चाहे मेसिन चलाएर होस् चाहे लोड ओनलोड गरेर होस् चाहे पहेदार भएर होस् / सबै हामीले  गर्ने अनि नाफा किन अरुलाई खुवाउने ? हो यो पनि हामीलाई थाह छ लगानी कसैले गर्दैन भनेर तर आफै  कामदार  आफै मालिक को सपना किन  बुन्न सक्दैन ? धेरै नहोला तर आफनै घरमा आफ्नै काम बाट आउने रकम पक्कै पनि विदेशमा कमाको भन्दा महत्व  बढी नै हुन्छ जो पछिल्लो पुस्ता लाइ पनि रोजगारी को चिन्ता हुदैन /  

Saturday, January 26, 2013

हाम्रो मनस्थिति

के भरिया आफ्नु कहानी लेख्नु सक्दैन ?के श्रमिक मालिक बन्न सक्दैन ?धेरै मित्र हरु को स्तभ हरु पढ्दै आको छु ,कतिपय साथी हरुको अहमता ले चरम सीमामा आफ्नु घमण्ड पोखिएको पाएको पनि छु / कतिपय युरोपियन ,पच्शिमी देश जादैमा अरु खाडी र अन्य देश र स्वदेशी प्रति हियको भाब हरु उजगार गरेको पाएको छ /अझै पनि हामी नेपाली हरुको मन मस्तिस्कमा कामलाई सम्मान गर्ने प्रवृति को बिकाश भएको छैन /त्यहि कुरुपता ले समाज लाइ असमनता को खण्ड हरु खण्डित पार्दैछ/ मान्छे लाई कसैले के अबशर पाको छ कसैलाई पाको छैन / सबै शिक्षित विदेश मा ठुलै मात्रै काम पाउछ भन्ने छैन / पच्शिमी विकसित मुलुक भन्दैमा सबै राम्रो काम पाएको छ भन्ने छैन / कतिपय नगरपालिका को फोहोर उठाउने र पोचोपुचो लाउने स्वीफ़र जस्ता काम पनि गरेको छन् / सेतो बस्त्र धारण गर्दै मा त्यो समाजको चमिकिला हिरा हुन् सक्दैन / पसिना चुवाएर साझ बिहान गर्ने हरुको पनि मनै हुन्छ ,दिन भरि सुकिला मुकिला भएर कलम चलाउने हरु को पनि मनै हो / फरक तेती हो कोई पसिना चुवाउने र दिमाग खिलाउने /आखिर दुवैको मानबियता भावना एकै हुन्छ /कसैले सपना को कुरा लेख्ला कसैले व्यथा को कुरा लेख्ला आखिर मन को उजगार त हो / सामाजिक संजाल हरु के ति हुने खाने को मात्रै पेवा हो र?खाडी मा तबुक बोक्ने हरु को पनि आफनै जिन्दगि हुन्छ , अमेरिका र बेलायत मा लेक्चर गरें हरुको पनि आफ्नै जिन्दगी / यहाँ कसैले कसैको लागि बाचि दिएको छैन आफ्नु को लागि आफै बच्नु पर्छ / समाज को मपाई भनाउदो हरु केहि पल गरिब को सोच संग जिएर हेर्नु जिउनु कति गार्हो छ / हुन् त जो हुन् तिनी हरु पनि यसै बर्ग बाट गाको हुन् / मान्छे ले जरा भुल्न थाल्छ हरिया पता हरु हाँगा बिंगामा लहराए पछी / केहि खोटो पैसा समाजलाई फालेर म समाजबादी हु भन्ने अंहकार प्रस्तुत गरेको पनि देखोको छु / जब सम्म काम को मूल्य कामदार ले गर्न जान्दैन यस्तो सामाजिक असमनता रही रहन्छ / शिक्षित किताब ले हुने होइन ब्यबाहार ले हुने हो ,किताबले केवल शिक्षा मात्रै दिन्छ ,,,,,,,,,,,,,,,,,,,

Tuesday, January 22, 2013

नेता मा चेतना भय

रोडमा कार्यकर्ता उभ्यौदैमा देश बिकाशको परिबर्तन हुदैन ,देश लाइ क्रान्ति होइन बिकाशको खाचो छ /समय सापेक्षक चल्नु सकेन भने हामी र हाम्रो देश असफल दिशामा दौडिने पक्का छ / देश ले एक स्थिर सुशासन खोजेको छ / जनतालाई भेडा सम्झेर प्रयोग गरि रहेने हो भने एक दिन तानाशाही ले जन्म लिने छ / दल हरु को सदबुद्धि छ भने हजारौ कार्यकर्ता रत्नपार्क र टुडिखेल मा मास उतार्नु को सट्टा , सडक निर्मार्ण , हाईड्रो पावर निर्मार्ण , साबर्जनिक सरसफाई, बाताबरनीय रोक थामको लागि बिरुवा रोपन ,आदि ईत्यादी तिर श्रममा लगाउने हो भने त्यो दल लाई बहुमत ले जिताउने छ / किनकि हाम्रो खाचो नै त्यहि हो / जनतालाई कुर्ची र सस्तो नारा होइन , स्वास्थ्य ,शिक्षा ,सुरक्षित आवासको साथै देशको बिकाशको खाचो छ / हाम्रो मुलुक भौगालिक जटीलता भए पनि बिकाशका सम्भाबना बोकेका अनेकौ प्रकृति सम्पदाहरु परिश्रमको पसिना कुर्दै छ / देशले सहिद अब मागेको छैन न त रगत नै मागेको छ केवल पसिना /सत्ता लुप्सालाई नै सधै जोडेर राजनीति गर्ने हो भने अहिल्यको नेताहरुलाई ईतिहासले कहिल्य माफी दिने छैन / बिगतका बाह्र बर्ष ससस्त्र युद्धलाई फर्केर हेर्न हो भने देशले के पायो ?त्यसको मूल्याकन कसैले गर्ने सक्दैन / तेती को बलिदान बिकाशमा खर्चने थियो भने आज टुकी को भर पर्नु पर्दैन थियो /न त १६ हजार जनताको रगत ले यो माटो भिजाउनु पर्थ्यो / अझै पनि समय छ बिगतलाई भुलेर देशको लागि सोच्ने हो भने जुन सुकै दल होस् आर्थिक क्रान्तिको थालनी गर्नु पर्छ त्यो नै जनताको प्रिय दल हुने छ / जति नै देश भक्त को गाथा गाए पनि आखिरपेट ले खान माग्छ नै / भोको पेट यहाँ कसैको ताकत हुदैन लड्नलाई / जनता सबल भए देश तेसै सबल हुने छ / सम्रद्दी नेपाल हेर्ने हरेक नेपाली को चाहना छ त्यसको लागि जनता पसिना बगाउनु पनि तत्पर छ भने दल हरु सधै किन आपसी खिचतानी मा अल्झी रहन्छ / नारा जुलुस को त्यो हुल जसले बिकाशको मूल खोताल्न को लागि प्रयोग गर्छ त्यहि नेपाली जनता को मन मा एक स्थायी रुपमा प्रिय बनि रही रहन्छ /

Saturday, January 19, 2013

मेरो देश


छाती भरी कुदी बसेको छ सुन्दर धर्ती
बनपाखा भरी फुलेको छ सुगन्ध लालिगुँरास

संसारको शिर बनी हास्ने हाम्रो सगरमाथा
शान्तीको  सन्देश बाडने बुद्धको तपो भुमी

किसानहरु जाग्दछ तराई पहाड झुल्के घाममा
बिरहरुको रगतले लेखेको अटल अमर नेपाल

खोला नदी सुसेल्छ हाम्रो भबिश्यको पथ बोकी
उनन्ती र प्रगतीको चाहन्छ नेपालीको  मनमा

अतिथीहरु ढुल्न चाहन्छ स्वर्ग भुमी ठानी
नेपाली हामी कोरु प्रकृतिको तस्बिर देब थानी    
 

Friday, January 18, 2013

चोरेर मनलाई म आफै ठग्नु सक्दिन

चोरेर मनलाई म आफै ठग्नु सक्दिन 
कयौ पाप छ यो संसारमा म गन्न सक्दिन 

ब्यथाहरु म सहि दिन्छु भुल्न सक्दिन 
स्वार्थ भरिएको छ यो समाज म खुल्न सक्दिन 

आमाको ममता ले भरिएको मेरो मन चोट दिन सक्दिन 
सबैको गल्ति हरु धेरै छन् यहाँ म खोट देखाउन सक्दिन