Pages

ब्लग अवलोकन गरि दिनु भएकोमा धन्यवाद ! . Powered by Blogger.

Thursday, December 13, 2012

जिन्दगी नै रित्यार त्यागिदेउ


पत्थर नै  होस् तिम्रो मुटु
 मेरो प्रेम गल्ने छैन
अथाह नै होस तिम्रो सामु
 मेरो माया ढल्ने  छैन
चुलिएर फुटोस ज्वालामुखी,
 पिडालाई आँसुले निभाउनेछु
पिडा भित्र तिम्रो तबिर देख्छु ,
 अलग्याउने मन छैन
बादलले छेकोस क्षितिज भित्र
 तिम्रो प्रतीबिब्ब भुल्ने छैन
हेरिरहन्छु सधैं यसै गरी
 मनको नजरले गती बदल्दिन
यदा कदा दुख्छ मुटु
 आयहा कहिल्य भन्दिन्न
चोट लागेर दुखोस्  छाती
 मलम कहिल्य घस्ने छैन
जिन्दगी नै  रित्यार त्यागिदेउ
 बैगुनी कहिल्य भन्ने छैन
 

2 comments:

  1. तस्बिर हुनु पर्ने मा तबिर मात्रै भएछ ,सच्यार पढि दिनुस् ,,,,,,,

    ReplyDelete
  2. अत्यन्तै राम्रो !

    ReplyDelete