Pages

ब्लग अवलोकन गरि दिनु भएकोमा धन्यवाद ! . Powered by Blogger.

Friday, December 28, 2012

पहाड र म

पहाड र म 
अनी अन्तर दन्द्द
तीनका चर्केका दरार हरु 
मेरा भाग्यका हस्तरेखाहरु 
कतै समानताले खोर्सेका छन 
कतै अहमता ले अग्लेका छन 
च्यातिएका टोपी उप्केका भिताहरु देखाएर 
खिस्स हासी टोपल्छ पहाड 
म गुदगुदिमा हासी दिन्छु
पहाड नाङेको छ 
सुन्दरता खोसिएको छ
पहाड रिसले तातेको छ
पहाड हिजो आज सुसल्दैन
पहाडको रिसहरुले मलाई पर धकाल्दछ ,
म नटेरेको झै गरी सर्दिन
फेरी हावा को झोका हरुले झोक ले हानी दिन्छ
म सलबलाएर यसो लुकेको झै गर्छु
पहाड लुकेर लहराउन खोज्छ
म चिच्याइ दिन्छु
यता उता हलाई दिन्छु
पहाड रुन्छ चोट बोकेर
म आन्नदले हेरी रहन्छु
पहाड दुब्लाउदै गाको छ
पहाड हास्नु छाडेको छ
पहाड नाच्न छाडेको छ
अनी नचाउन छाडेको छ
म सदा झै पेलिरहेको छु
आउने जाने बदलेर् कतै बगी दिन्छ
कतै झरी दिन्छ
हुसु भित्र निदाइ दिन्छ
फुस्स फुर्सोमा निक्लिदिन्छ
मेरो अत्याचार आँफैमा खेद लाग्दछ
मेरो दन्द्द बेमानी खेल
पश्यातापले जलिरहेको हुन्छु
मेरो खुशी हराको छ
म सँगइ पहाड दुखी भाको छ
म सोच्दै छु ,म जस्तो स्वार्थी छैन रहेछ
म उस्को दु:ख मा हासी दिन्थे
तर पहाड म सँगइ रुवैइ दियो
हिजो आज पहाड क्षयरोग लागे झै खोकी रहेको छ
दिन दिनै खीइदै गाको छ
मैलो पहाड उपचार् खोज्दै
छाती थम-थमाइ रहेकोछ
तेसैले म पनि अतालिएको छु
म एक्लै बराबराउदै छु
मेरो धोकालाई माफ देउ
पहाड मलाई माफ देउ!!!

मन रिसाएको बेला

मन रिसाएको बेला 
मनहरु तल माथी गर्दै 
छटकेको भात झैँ छटकिन्छ 
हो मनहरु उताउली गाई झैँ भड्किन्छ 
किल्ला भाच्ला गरि 
बहसमा राख्न नसकिने गरि रिसाउछ
हो मनहरु बेगले बगी दिन्छ 
उम्लेका मनहरु नाप्न सकिन्न 
बाफसंग धमिल्न्छ ,गफ संग हुतिन्छ मनहरु
झरिले भरिएका टारी खेत झैँ 
कान्ला भत्काउदै सोच लाई
लथार्दै छ भेलको हुलमा
पागों माटोमा दबेको कुलो झैँ
मनहरु कुदेको हुन्छ
अनकन्टार दुन्दुर भित्र
मन हुन्थो मस्तिक संगै कुदद्थ्यो
मन भाडिएर धम्लिएको बेला
मस्तिक पनि बाढीले सोरेको झार झै लथ्रिन्छ
............................

आफनै परिवेश


                       
आज मंगसिर पुर्णिमा (योमरी पुर्णिमा )/ गएको रातभरी जात्रा ले थाकेर आई बिहाना सबरै देखि यामोरी बनाएर भकारी को पुजा गर्दा र खादा निन्द्राले निस्लोट भईन्छ !रात  भरि को चोसो ले होला जिउ सेलाएको झैँ हुन्छ/ तर पनि एउटा खुशी छाएको हुन्छ मनमा /सुखअनुभूति  मिलेको हुन्छ परिवारमा /  घर माथिको जाल्पादेबिको मन्दिर छ / जहाँ बर्षौ देखि र जात्रा लाग्ने चलन चल्दै आको छ / सानु छदा जात्राको हुलमा कता हो कता छलिन्थ्ये/ मन्दिरको अगाडी मारुनी नाच र वरपर झ्याउरे , दोहारी , तामांग सेलो ले डाडा हलाउथे  /म सानो छदा आमाले मन्दिर को चौघेरा भन्दा उम्किन दिदैन थियो /   बुरुक्क बुरुक्क खुट्टा उचालेर  तामाङ्ग सेलो को मेहेंदो माया र साइसाई गोले गाउदा जमिन पुरै हलिन्थ्यो / एउटा आस्था ,एउटा बिश्वास ,एउटा संस्कार , सबैमा सदभाब  र साहिष्णुता ले तिनै गाउ एऊटै एकै भाई  – भाई नाता थियो / मन्दिर संगै को नेवार गाउ , पश्चिमतिर छेत्री बाहुन , दायाबाया तामाङ् सेपिमा मगर र थोरै दलित कामि दमाईले भरिएको यो गाउ सूर्यमुखी झैँ पत्ता पता भएर फक्रेको थियो / बर्ष भरि महेनत भकारीमा थन्काएर पसिना सुकाउने (ओभौने) दिन / माया साट्ने , गास्ने दिन/ सुख, दुख  गाउने  दिन / तामाङ्ग हरुको घरजम गर्ने साइत पनि कतिको यहि थियो / तेसो त बर्ष भरिको दुष्मनीको तुष पनि नमेटने होइन / तर सबै आफनै थियो गाउ आफैमा थियो /सिंगो पुर्णिमा झैँ सिंगो गाउ हासेको थियो /
नुवाकोटको सदरमुकाम बाट लगभग १५  किलोमिटर पश्चिम तिर उकालो लागेर दुई डाडालाई सेतु बनाएको थियो समारी भन्ज्यांग / दुवै डाडाबाट सोरिएर आएको चोसो सिरोठोले रात कटाउन हम्मे हम्मे पार्थ्यो मन्दिर भित्र बस्ने बर्तालुहरुलाई / जात्राको अर्को बिशेष नै मारुनी नाच हो / जो पुस्तोदेखी समाल्दै आएको छ ९५ बर्षे बाजे देब लाल डंगोल  / युवा पुस्ता तेती जम्न नसक्नु अर्को धरहरा बन्दै छ पुरै साँस्कृति पराम्परा /खण्डमा परिणत हुदैछ / जब सम्म मन्दिरको मादी बिर्षजन हुदैन तबसम्म कसैले पनि मन्दिर वरिपरी छाडदैन थियो / नाचेर गाएर छर्लंग बिहाना बनाई दिन्थे ठण्डी रात /
समयले गति लिएको छ / सभ्यता ले बाटो मोडिएको छ / आफंनाहरु पराइ संज्ञाको रुपान्तर भएको छ / हिन्दु र बौद धर्म बस्ने बासिन्दाहरु धर्म छोडेर धर्म को पाठ फलाक्दै छ / देशले धर्म निरपेक्षको घोषणा गरेको भन्छ यहाँ त अब धार्मिक साहिष्णुता चिसेको छ / जातीय नाराले गाजेको छ / मुश्किलले २०० जना भेला हुनु पनि धौधौ भाको छ /४ ,५ गाबिसका हजारौ गह्रामा नअटाउने भिड आज कता हराए ?यी गाउ जस्ता  यस्तै मेला जात्राहरु कता बिलन भए ?? हाम्रो सदभाब लिफ्ट चढेर भ्यलान्टाईन , क्रीसमस र अंग्रेजी न्यु इयर तिर लम्कन थाले  / हाम्रो रितिरिवाजहरु देशबाट  निक्ले / मेलाहरु बन्द कोठा भित्र घन्किन थाले /समयले गाउ लाई सुनामी भएर भत्काउदै छ / परिबर्तन को नाममा अरुको सास्कृतिक भित्राउनु मात्रै परिवर्तन होइन / देश मा हत्या हिम्सा बलात्कार जस्तो कानुन खोज्नु हामी सडक मा उत्रन तयार छौ तर तेस्को न्यूनीकरण तिर सोच्न हामी तयार छैनौ / जति अपराधि भागीदार छ तेती तपाई हामी पनि छ / हाम्रो आफनै रितीरिवाज छ / आफनै सास्कृति र सभ्यता छ / पुर्खा हरुले गह्रा हरुलाई थिएटर बनाए / डिस्को बनाए / रंगमंच मैफिल बनाए /तर हामी रम्न सकेनौ किनकी हामीले उस्थान र बिकाश सोच्न पनि सकेन  बरु  पैठारी सास्कृति भित्राएर बिकाश  र परिवर्तन गरेको गौरब गर्दछौ / हाम्रो कतीपय ठाउँमा लाग्ने पर्ब हाम्रो डिस्को , बार हो /
बिकाश को खुट्किला बाटो, घाटो ,कुलोकुलिसा मात्रै होइन / हामीलाई थाहा नै छ हाम्रो बिकाशको स्तम्भ भन्नु नै पयर्टन र जलस्रोत हो भनेर / हामीले हाम्रो संस्कार रीतिरिवाज,परम्परा, हाम्रो मौलिकता सबै भुले कुन पर्यटन आउने ?? धार्मिक साहिष्णुता  सदभाब भन्दै अरुको पर्ब हरु बिभिन्न सामाजिक संजाल हरु फैलाएर आफुलाई खुब सदभावना दुत ठान्नेहरु एक चोटी आफनै परिवेश फर्केर हेर्न अनुरोध गर्दछु / आफैलाई आफैले शिक्षित र सभारन्त नागरिक सम्झिने हरु कतै अहमता ले चुलेको त छैन ?? नेता हरुलाई दोष दिएर पन्छिन कति पनि पछी पर्दैन देश का शिक्षित वर्ग भनाउदो हरु / होशियार देश !! यस्तो आडम्बर को खोल ओडने हरु देखि / जसले आफुलाई चिन्दैन यस्तोले सिकाएको समाजमा कसरि राम्रो हुन्छ??? 

Thursday, December 13, 2012

सबन्ध नै त तिम्रो खुशी हो


रङिदै जानु म रङयाउदै जाने छु
भर्दै जानु म रित्याउदै जाने छु
मातिदै जानु म मिल्किदै जाने छु
तिमी मातिनु र म मिल्किनु को
सबन्ध नै त तिम्रो खुशी हो
तिम्रो बिजय अनी पराक्रम हो
घुटका हरु सँग म निलिदै जानेछु
तिमीमा तरङ पैदा हुन्छ
म बिलिनमा घुडा टेक्छु
संभवत म रितिसकेको हुनेछु
तिमी मेरो शक्तिमा भरिदै
खुशीलाई चुमिरहेको हुनेछ
मातिनु र मिल्किनु आखिर
हामी बिचको मिलन र बिछोडको
एउटा  संयोग झै बने पनि
हाम्रो नाता प्रेममा लहराइ रहेको हुनेछ
म मा मिल्किनुको पिडा सँग होइन पछुत्तो
मलाई तिम्रो हिनता सँग पिर छ
तिम्रो क्षयहिन शरीर सँग दु:ख छ
मिल्काइ को फोराइमा म टुक्रिउला
तेसको कयौ गुना तिमी चोटिनेछ
म तिमी लाई बिदाई गरेर
पिडा भुली सक्ने छु
तर तिमी मलाई सम्झी रहने छौ
हो तेतिबेला तिमी
भरिएर सारा रितीई रहेको
आभासमा घोत्लिरहेनेछौ
केबल घोत्लिरहनेछौ    

no title

हरियो डांडा भन्दा माथि पहाडमा फल्छ हिउँ
विश्वले भन्छ आहा कति राम्रो नेपालको जिउ 

विरताले लेखिएको अटल अमर हाम्रो देश 
नेपाली भैई मरुला परे ज्यान बाजी राखी दिऊ 

नेपाली आमाको छाती फाट्ला कतै अज्ञानताले 
आऊ दाजु भाई दिदि बहिनि मिलिजुली सिउ

मरे पनि हाम्रै मर्छ बाँचे हाम्रो नै राम्रो एकता 
पबीत्र छ शान्ति भुमि कतै खोज्नु दिनहुन्न निउ 

हाम्रै धर्ति हाम्रै ज्यान सबैको साझा, छैन पराई 
गोडमेल गरि फुलाउनु छ , छरु बिकाशको बिउ 

मुटु भित्र माझै छ

गाँजल पुस्यो नयन र नजर उही छ 
खुशी खोस्यो मन र माया त उस्तै छ 

आसुले बगायो होला सपनाका दृश्य 
भावनाले गलाहत्यो होला मिठो योजना 

धेरै बित्यो दिनहरु यादको पल ताजै छ
धेरै भुल्न कोशीस गरे मुटु भित्र माझै छ

जिन्दगी नै रित्यार त्यागिदेउ


पत्थर नै  होस् तिम्रो मुटु
 मेरो प्रेम गल्ने छैन
अथाह नै होस तिम्रो सामु
 मेरो माया ढल्ने  छैन
चुलिएर फुटोस ज्वालामुखी,
 पिडालाई आँसुले निभाउनेछु
पिडा भित्र तिम्रो तबिर देख्छु ,
 अलग्याउने मन छैन
बादलले छेकोस क्षितिज भित्र
 तिम्रो प्रतीबिब्ब भुल्ने छैन
हेरिरहन्छु सधैं यसै गरी
 मनको नजरले गती बदल्दिन
यदा कदा दुख्छ मुटु
 आयहा कहिल्य भन्दिन्न
चोट लागेर दुखोस्  छाती
 मलम कहिल्य घस्ने छैन
जिन्दगी नै  रित्यार त्यागिदेउ
 बैगुनी कहिल्य भन्ने छैन
 

Sunday, December 2, 2012

no title

कताइ कताइ लाजले लुकेको छु म
कताइ कताइ गल्तिले झुकेकोछु म

कहिल्य कही आशामा ढुकेको हुन्छु
जिन्दगीको कती रहर बोकेको हुन्छु

खुशी कुल्चेर पिडाहरुसँग हासेको हुन्छु
धर्य र साहस् बोकी अभिलाषा छुन्छु

Saturday, December 1, 2012

यहाँ माया ले माया छिन्छ
नभनु भने चोटले आसु दिन्छ

बाडेर खुशीहरु साथ जिउ भन्थे
सारेर लग्यो थोरै आटहरु पनि

यहाँ सपना देखाइ बिपना लुटछ
मन भरी भरेर रत्याई हिडछ

सुख को आस देखाइ सुख छिन्छ
मन भरी माया बोकाइ पिडा दिन्छ

गरीबी रहेछौ भनी अन्तै कसैसँग हिडछ
लाजै नमानी आजभोली धोकाहरु गन्छ

छुपाएर राखुँ भने झझल्को दिन्छ
नभुलु भने बैगुनिले ज्यान लिन्छ

Thursday, November 29, 2012

मुग्लान

पोल्टा भरी खुशी को भिक्ष्या भर्न
मुग्लान नै भासिनु पर्ने बाध्यता
चुर्लुम रिन को थैली बोकी
क्षितिज पारीको सुख खोज्नु
बिकल्प नै के थियो र ?
मुठी भरी बर्कौला सरि सिटमोल
मुखमा चेपेर पसिनामा भिज्नु
आँफैमा नियती थियन कसैलाई
पल भरको झिनो आसामा
जिन्द्गी नै बन्द्गी बन्छ र?
यहाँ हेक्का भयन
गिद्धिलाई भुट्ने कोशीश गर्छन्
थाक्नु पाउदैन थकाई दिन्छन
मान्छेको मान्छेलाई नै विश्वाश
अबिश्वासमा कोइला जस्तै
साहारा हिन निरही जलाउछ
तातो ताप मा ठुलो भनाउदो भुँडी सेक्छन
आखिर मान्छेले मान्छेलाई गर्ने अधिकार
यही हो ,यही रहन्छ
सोध्नु मन छ र
पनि सोध्नु नस्कनु
गल्तीले गलहत्याउछ रहर हरुलाई
मस्त नाच्छ पिडाहरु
बाढीमा डुब्छन यि निर्दोस आँखाहरु
बाँधिएका रोदन छाल् बनी
हरहमेसा उर्लिरहन्छ
केबल उर्लिरहन्छ ,,,,,,,,,,,,,,

सहमति भन्ने भाँडो

सहमति भन्ने चिजको   भाँडो कता तिर पाउछ होला ?? हाम्रो नेपालमा अती खोजि गरीएको भाँडो हो  । भन्छन यसमा सबिधान भन्ने धानको भात पक्छ रे ? ब्यपारीहरुले पाए खुब मुल्यमा बेचेर नाफा कमाउथे होला ।  ढकन लाउन उघार्न मिल्ने खालको भन्छन ? तर प्रेशर कुकर जस्तो चाँही नहोस , बाफ भरिएर हल्ला गर्ने खालको । खुन्खार हाम्रो गोर्खाली कालिगढले पनि बनावट निकाल्न सकेन । चितवने कसाइ लागि परीरहेको छ । खै अस्ती दर्कनेले गालामा भेट्यो भन्थ्यो बिचराले  !
एक हप्ता अघी मात्रै बोलपत्र आवान गरेको थियो रे।  आज सम्म १ जना रिक्सा चलाऊने साथी ले खसाले छ । प्लास्टिक को भाँडो पो ल्याएछ भनेर गेट बाट छिर्न दिएन छ एकछिन त । कोइराला बाजे आगो फुक्दै छ बल्खुको सासमा । बिना भाँडा आखिर पाक्छ र खाउला भनेर पछी लाग्ने लर्कन हरु निरसा ले सताको छ । मित्तलले खन्दान को एक जना भन्दै थियो डिजाइन  बनाउनुहोस्  हामी तयार पारी दिम्ला । साँचै सियो नबन्ने देश भनेर तेसै भनेन कि क्या हो ??होइन भने एउटा ताउलो लागि यती धेरै किन खोज अनुसन्धान हो ?यो धेरै धातु हरुको समिस्रण बाट बनाउनु पर्ने भएको ले नै अती कठिन भा को हो भन्ने मेरो बुझाई छ । पाक्नु पर्ने पनि खिचडी जस्तै छ । धातु नगल्नु बेला सम्म मेहेनत गरे पो हुन्छ , सबै अल्छिहरु न त परे । मलाई के थाहा छ भने यो भाँडो बनाउनु भन्दा पनि ब्रान्ड को नाम कस्को राख्ने भनेर खिचतानी हुनु नै अहिल्य सम्मको असफलताको  कारक तत्व  हो । यहाँ ब्रान्डको नाम ट्याग लगाएर पुषतौ पुषता ब्यापार गर्ने सोच नै सहमति भन्ने चिज बन्न नसक्नु हो । यहाँ काम नगरि जस लिनु चाह्न्छन ।  सुनौला  अक्षेर को लोभ छ , कोइलाले पनि लेख्नु नहूनेहरुलाइ । जब सम्म यो आठर धातु पगाल्न सक्दैन तबसम्म  हाम्रो देश मा भात पाक्छ र खाउला भनेर  हामी जस्तो जनता आकाश तिर मुन्टो लागाउनु को शिवाय अरु केही हुँदैन । जती पनि तागाधारी गरे पनि हामी जनताहरु  भोली भुल्ने छ  बैगुनी धातु हरुको बैगुनी व्यबहारसँग । 


          

Friday, November 23, 2012

संघर्ष

संघर्ष गरी फूलेर झर्नु परने रितै रहेछ
योबन रित्याएर सुबास् छर्नुपर्ने जातै रहेछ
भमराको लाक्पा सहनु बिना बातै रहेछ
आँफै मरेर अरुलाई सजाउने नियतै नै यस्तै रहेछ

अरुको खुशीमा रम्नु मलाई के को जाती
मेरो चोटमा हास्नेहरुको म के शिर माथि
निर्दोश मै माथि खै किन लाग्छ ताती
लौ न प्रभु !प्रकृतिले के गर्‍यो मलाई अति

दामपत्य जिबन


 संगै जिउने बहानामा सयौ हस्ताक्षर गर्नुपर्छ
रहरहरु पुरा गर्ने नाममा कयौ स्वाभिमान मार्नुपर्छ
देखेको थिय यहाँ सबैको सबै अन्धा भा नाटक रच्नुपर्छ
दायित्व सम्झी पसिनामा भिज्दै हजारौं झरी रुझ्नुपर्छ
सुख दिन्छु भन्ने कसममा कयौ पटक मुटु कस्नु पर्छ
आँफैलाई मारी माया को नाममा भोको पेट भर्नु पर्छ 

एउटा कुन्ठा

म चिसिएको छु,
म ठडिएको छु
हेलामा डुबाएर
गन्तब्य नाप्नेहारुबाट
म पत्थर झै सहेको छु
म नदी झै रोएको छु
मेरो साहस् घोटेर
मुख मिठयाउने हरुबाट
म फूल्न सकिन
म घुल्न सकिन

मेरो अस्मिता लुटेएर
रातबिताउने हरु सँग
म ढलेको छु
म गलेको छु
सिनोमा रमाएर
पेट् भर्ने हरु बाट
..............
.............

30-oct-2012

धिक्कर छ ! जिन्दगी

जिन्दगीलाई नदी सँग दाँजेर हेर्थे
तर समयको अघाडी जिन्दगी त
बगरको ढुङ्गा पो रहेछ ।
घाम पानी हावा को लात सहिरहनु पर्ने ।
नदी जस्तै बगे झै लाग्थ्यो जिन्दगी
तर समय पो बग्दो रहेछ
म त तिही , त्यही पो छु
डकमग्न स्थिर भै
कहिल्य बर्षा को भेलले खीइन्छु
कहिल्य हिउदोको लेउले पुरिन्छु

समय को खेलौना भएर पो जिउदै छु ?
धिक्कर छ ! जिन्दगी कसैको दाईजो भिरेर
खुरुखुरु पछी लाग्नु पर्ने ।
असल देखे मन्दिरको शिला
खराब देखे गिट्टी झै चोईटिनु पर्ने
रहरले , खुशीले मक्किनु पनि नपाउने
समयको मर्जी बिना
उफ्फ !सधैं चिन्ता नै चिन्ता
कहिल्य बगिएला कि भन्ने
कहिल्य फोरिएला कि भन्ने
आखिर डर नै डरले जेलिएको
पोको पो होकी जिन्दगी ?
खै के पो हो जिन्दगी ?
सोच्दा सोच्दा बितीई पो
जान्छ जिन्दगी ।।।
पल हिरा
2012-11-1

"डर छ मलाई "

त्यो थुम्को नौनी झै पग्लेला कि भन्ने डर छ् मलाई
त्यो शान्त मान्छे क्रुर तानाशाही बन्ला भन्ने डर छ मलाई
यो गुम्बा यो मस्जिद अनी यो मन्दिर
बुढो रुख झै ढल्ला कि भन्ने डर छ् मलाई
भाई भाईको बिश्वास कतै गल्छ कि भन्ने डर छ मलाई
पाखा खोरिया अनी फाँटका गर्हाहरु बाझो भैइ
सिरु , कास र पाती फूल्ला कि डर छ् मलाई
कुटोकोदालो फ्याकेर् बन्दुकगोला उठाउला कि डर छ मलाई
ज्ञानको तपोभुमी मरेको लाश मात्रै जल्छ कि डर छ मलाई
सयौ फूल झै मेरो देश कतै चुडिन्छ कि भन्ने डर छ् मलाई

पर्देशीको तिहार

नकोर्नु दिदी मण्डल खुशी खिचेर
नगाँस्नु दिदी माला आसुँ उनेर

नबिछ्यौउनु आँखा आशाको दिप जलाएर
नलाउनु भाग मिठाइ र मसला सजाएर

काटदै छु दिन अभागी खप्पर सम्झेर
फोर्दै छु खुशीको आठा पसिना बगाएर

तिहारको उत्साहा छिनाइ लग्यो पर्देशी बनाएर

नरुनु दिदी र बहिनी यो माइती पराइ ठानेर

आशिष दिनुस् तेल र पानीले घेरेर
फुटाउनुस् ओखर मनलाई खुशीले उघारेर

सिङो जिबन

जिबनको डोरीले डोरयाको जिन्द्गी
गोरेटोको तरपयाहरुमा कम्जोर पोयाहरुले
दिनहरुलाई गाँस्न प्रयत्नरत छन

सिङो स्वरुप ढाक्न केही मिटर
सेतो च्यादर खरिद गर्न सम्पतीको संज्ञा दिएर
मोड मोडमा भिडन्तहरुमा भिडाएर
खुशी र दु:खका नाटक रच्ने
हामी स्वार्थ मानबको जिबन
कतै बगी रहेको छ,

कतै सुकी रहेको छ

आँफैलाई मान्छे भनी रहेको छौ
यन्त्र झै स्वचालित जिबनलाई

भिरपाखामा बग्न लागेको पैरोहरु झै
चट्टानहरुमा चेपिएका जराहरु
फुस्स-फुस्स अक्सिजनको हावामा
अक्सर रबरको ट्युब झै
फुलाई रहनु बाध्यता सँग गासेको छ
एकअर्को साईनोलाई गर्ब सोचेर
आँफै लेखी आँफै मेटाउनु पर्ने
अर्को यथार्त त छदैछ
सिङो जिबनको
लम्पसार स्वरुपमा

no tittle

जिबनको डोरीले डोरयाको जिन्द्गी
गोरेटोको तरपयाहरुमा कम्जोर पोयाहरुले
दिनहरुलाई गाँस्न प्रयत्नरत छन

सिङो स्वरुप ढाक्न केही मिटर
सेतो च्यादर खरिद गर्न सम्पतीको संज्ञा दिएर
मोड मोडमा भिडन्तहरुमा भिडाएर
खुशी र दु:खका नाटक रच्ने
हामी स्वार्थ मानबको जिबन
कतै बगी रहेको छ,

कतै सुकी रहेको छ

आँफैलाई मान्छे भनी रहेको छौ
यन्त्र झै स्वचालित जिबनलाई

भिरपाखामा बग्न लागेको पैरोहरु झै
चट्टानहरुमा चेपिएका जराहरु
फुस्स-फुस्स अक्सिजनको हावामा
अक्सर रबरको ट्युब झै
फुलाई रहनु बाध्यता सँग गासेको छ
एकअर्को साईनोलाई गर्ब सोचेर
आँफै लेखी आँफै मेटाउनु पर्ने
अर्को यथार्त त छदैछ
सिङो जिबनको
लम्पसार स्वरुपमा

तिमी हिमाल झै अटल हुनु

            

तिमी हिमाल झै अटल हुनु

म सेती झै भासिए पनि

तिमी फूल झै फक्रिनु

म नुन खाए झै ओइले पनि

तिम्रो लागि सिङो जिबन हारी दिन्छु

मेरो हारमा खुशी हुन्छ भने

लाखौं गल्छी झै झुकी दिउला

तिमीलाई छिचोल्न सजिलो होस्

मुर्ती झै शोभमान हुनु

फूलै फूल ले पूजा गरीरहुला

आकाश र धर्ती को सेतु नहुला

दु:ख र सुख पिथ्युमा लिउला

Thursday, November 22, 2012

ब्लग लेख्दा माथि टाउकोमा तपाइको जिमेल आइडी संगै New post भन्ने छ त्यसलाई क्लिक गर्ने ! Pal Hirako diary संगै रातो मा Post  लेखेको छ त्यसको दाहिने तपाइले लेख्न लागेको बिसयको शिर्षक लेख्ने ! तल काली बाकसमा विवरण लेख्ने ! save गरेर publish गर्ने !
text page