Pages

ब्लग अवलोकन गरि दिनु भएकोमा धन्यवाद ! . Powered by Blogger.

Sunday, February 3, 2013

भाइरस


शरीर भित्र भाइरस
मन भित्र भाइरस
देश भित्र भाइरस
जता ततै भाइरसले खान भो 
एन्टी भाइरस लाई नटेर्ने भो 
एन्टी भाइरस भन्दा भाइरस बलियो भो
यो भाइरसतन्त्र भूखण्ड हुन्
गोजी भित्र एन्टी भाइरस बोक्ने दिन आयो
हावा छानेर स्वास लिनु पर्ने दिन आयो
यता डुल्छ उता डुल्छ
बिना थाहै भाइरस घुल्छ
दिनमा   भाइरस 
रातमा पनि भाइरस
तापमा , स्वासमा भाइरस
नशा अनि ,नाशमा भाइरस
यता उता सबै जता भाइरस 
मायामा भाइरस
बिछोडमा भाइरस
मिलनमा भाइरस
नातामा भाइरस
प्रेमलाई तोड्नु खोज्छ भाइरस
बिछोडमा मार्न खोज्छ भाइरस
नातामा स्वार्थ बनि घुस्छ भाइरस
मिलनमा खुसी बनि घुस्छ भाइरस
खेतको गह्रा भरि कुदछ भाइरस
कम्पुटरको गिद्दी भित्र
 हयांग बनि डुल्छ भाइरस
नेता भित्र भाइरस
अर्थ भित्र भाइरस
रास्ट्रीयता भित्र भाइरस
अहमताको जरा गाढ़ी हिड्छ
विभक्तको चर्चा बटुल्छ
स्वाधीनताको चुर भित्र गढ़छ
यो भाइरस मय भो संसार
उफ नसकिने भो भाइरस 

Wednesday, January 30, 2013

ठुला गर्न नसक्ला ,तर सोच्दामा के बिग्रन्छ र ?


दैनिक हजारौ संख्यामा त्रिभुवन बिमान स्थल भएर रहर बोकी नेपाल छोडद छन ।यो एउटा बिकराल समस्या भएर खडा भएको छ हाम्रो सामु /यसमा न त देशले सोचेको छ न त हामी जनताले नै ? सबैको एउटै साझा लक्ष्य हो पैसा कमाएर जिन्दगीको सपना बुन्नु  । चाहे युरोपियन देश छिरुन चाहे खाडी मुलुक किन नहोस् सबैको रहर धेरै-थोरै  पैसा कामाएर ढलान घर बनाउने या त शहरमा घडेरी किनेर घर बनाउने या घर किन्ने । यसमा केही  जमात यस्ता पनि छ जो परिवार धान्नको लागि पसिन बगाईरहेको छन । कतिन्जेल हामी यही श्रींखलामा चली रहने ? बाबु पछीको छोरा ,छोरा पछीको नाती प्रदेशमा पसिन बेची जिन्दगी चलाई रहेने ?
नेता र राजनीति दललाई दोश थुपारेर हामी जनता पन्छिन खोज्दछन । के हाम्रो दायित्व छैन भाबी सन्तति प्रती ?  के हामीले सोचेको छौ आफ्नु लागि र आफ्नु पुस्तालाई ?के हामी खान कै लागि मात्रै पैदा भाएको हौ ? हो एकल प्रयासले यहाँ केहि हुदैन / किनकी हामीसंग प्रयाप्त पुजी छैन , एक्लैको योग्यता काफी छैन ,कसैमा भएर पनि आट गर्न सकिदैन / थोरै कमाएको बचत पनि घाटामा जाने होकी भन्ने डर छ / हामी नेपालीहरुको मनस्थिति र जिबन  देखासिखीमा चलेको छ / कसले कहाँ कसरि बस्यो ? कतिको घर किन्यो कति तलाको ढलान ?कतिको मोटरबाईक किन्यो? कुन ब्रान्डको जुता ,कपडा लाको छ ? कुन कम्पनिको मोबाइल बोक्छ ? यी-इत्यादि कुरामा हामी प्रतिस्पर्दा खोज्छौ ?कहिल्य सोच्दैनौ कि थारै थोरै लगानी बाट आफनै देशमा रोजगारी सृजना गरौ भनेर / यहाँ कसैप्रति कोसैको विश्वास राख्दैनौ तर हामी मासिक १५ हजारको लागि १ लाख तिरेर जिन्दगी  नै दाउपेचमा राख्नु तयार हुन्छौ /अनि जसले कतिको  जिन्दगी  नै बर्बाद भएको छ ,कति श्रम शोसनमा बाध्यता साथ टिकट कुरी रहेको हुन्छ / जो अलिकति कमाको हरु पनि देखासेखी मै सक्छ फेरी अर्को भिसा सृंखला शुरु हुन्छ / हामी अलि कति सोचलाई परिवतर्न गर्न हो भने यस्तो डर लाग्दो जिबन बाट थोरैले भए पनि छुट्कार मिल्छ / त्यो हो सामुहिक लगानी / हामीमा केहि छैन भनेर बस्नु भएन ,गर्ने हो भने हामी संग थुप्रै काम छ / नेपाल र नेपाली को भबिष्य र रोजी रोटि भन्नु नै जल , पर्यटन र जैविक जडिबुट्टी / यस संग सबै जोडेको काम जो हामी गर्दै आएको छ तर अलिकति के हो भने स्तरीय रुपमा ब्यबस्थित प्रणाली / जो सजिलो र आफनै घर आगन परिवारको दुख सुख संग रहेर गर्नु सक्छौ / हाम्रो दैनिक जिबनमा भैपरी आउने आबश्कीय चिज हरु मात्रै हामीले उत्पादन गर्ने हो भने पनि देशको रोजगारको हल तेसै हुन्छ / सामान्य भन्दा सामन्य कुरामा  विदेशको मुक ताक्नु पर्दैन/ तरकारी छैन भारत लाई गुहारेको छ /कपडा छैन चीन लाइ गुहारेको छ / हो हामी भौगालिक रुपमा तेती सक्षम छैनौ तर जति छ तेस्को त उपयोग गर्न सक्छौ नि ? घन्टौ सम्म राजनीति गफ गर्न सक्छौ १ घण्टा काम गर्न हामीलाई गार्हो हुन्छ / घरमा स्वास्नी सुत्केरी छ , कुखुरा भाले खुराक खुवान पैसा छैन काम गर्न डर हुन्छ तर रत्नपार्कमा ढुंगा हान्न डर हुदैन  जो श्रम गर्दैन त्यो श्रमिकको हक अधिकारको कुरा गर्छ /  बिस पच्चीस जना मिलेर सानु मझौला किसिमको आय मुलक कार्य गर्ने होस् वा धेरै को संख्यामा मिलेर ठुला उधोग गर्ने हो, त्यसमा  नेपालीहरु सक्षम छ / यसो हो भने हामीलाई कुनै दलको बन्द हडताल ले पनि छुदैन / हामी त्यो हुल मा छैन भने हामीलाई कसले रोक्ने  कसले बन्द गर्ने ? सबैले सोच्ने बेला भएको छ कताइ आफ्नु गोडा मा आफै त बन्चरो हान्दै छैनौ ?
विदेशमा कमउछौ हामी तर  बिदेशलाई नै  बुझाउछौ  , कसरी भनेर सोच्नु भाको होला ? एक पल्ट आफ्नु छातीमा हात राखेर ठण्डा दिमागले  सोच्नुस त सबै प्रश्न सहि झैँ लाग्छ र सहि पनि त्यहि हो /  मानौ तपाई विदेशको पैसा कमाएर घर बनाउदै हुनुहुन्छ भने हरेक पैसा बिदेशी रहेको हुन्छ / छड डण्डी, सिमेन्ट , रंग रोगन , बिजुलीको हरेक समान जो हामीले नै पसिना बगाएर उत्पादन गरेको होइन र ?तेती मात्रै होइन लाउने देखि  खाने सम्म /  चाहे मेसिन चलाएर होस् चाहे लोड ओनलोड गरेर होस् चाहे पहेदार भएर होस् / सबै हामीले  गर्ने अनि नाफा किन अरुलाई खुवाउने ? हो यो पनि हामीलाई थाह छ लगानी कसैले गर्दैन भनेर तर आफै  कामदार  आफै मालिक को सपना किन  बुन्न सक्दैन ? धेरै नहोला तर आफनै घरमा आफ्नै काम बाट आउने रकम पक्कै पनि विदेशमा कमाको भन्दा महत्व  बढी नै हुन्छ जो पछिल्लो पुस्ता लाइ पनि रोजगारी को चिन्ता हुदैन /  

Saturday, January 26, 2013

हाम्रो मनस्थिति

के भरिया आफ्नु कहानी लेख्नु सक्दैन ?के श्रमिक मालिक बन्न सक्दैन ?धेरै मित्र हरु को स्तभ हरु पढ्दै आको छु ,कतिपय साथी हरुको अहमता ले चरम सीमामा आफ्नु घमण्ड पोखिएको पाएको पनि छु / कतिपय युरोपियन ,पच्शिमी देश जादैमा अरु खाडी र अन्य देश र स्वदेशी प्रति हियको भाब हरु उजगार गरेको पाएको छ /अझै पनि हामी नेपाली हरुको मन मस्तिस्कमा कामलाई सम्मान गर्ने प्रवृति को बिकाश भएको छैन /त्यहि कुरुपता ले समाज लाइ असमनता को खण्ड हरु खण्डित पार्दैछ/ मान्छे लाई कसैले के अबशर पाको छ कसैलाई पाको छैन / सबै शिक्षित विदेश मा ठुलै मात्रै काम पाउछ भन्ने छैन / पच्शिमी विकसित मुलुक भन्दैमा सबै राम्रो काम पाएको छ भन्ने छैन / कतिपय नगरपालिका को फोहोर उठाउने र पोचोपुचो लाउने स्वीफ़र जस्ता काम पनि गरेको छन् / सेतो बस्त्र धारण गर्दै मा त्यो समाजको चमिकिला हिरा हुन् सक्दैन / पसिना चुवाएर साझ बिहान गर्ने हरुको पनि मनै हुन्छ ,दिन भरि सुकिला मुकिला भएर कलम चलाउने हरु को पनि मनै हो / फरक तेती हो कोई पसिना चुवाउने र दिमाग खिलाउने /आखिर दुवैको मानबियता भावना एकै हुन्छ /कसैले सपना को कुरा लेख्ला कसैले व्यथा को कुरा लेख्ला आखिर मन को उजगार त हो / सामाजिक संजाल हरु के ति हुने खाने को मात्रै पेवा हो र?खाडी मा तबुक बोक्ने हरु को पनि आफनै जिन्दगि हुन्छ , अमेरिका र बेलायत मा लेक्चर गरें हरुको पनि आफ्नै जिन्दगी / यहाँ कसैले कसैको लागि बाचि दिएको छैन आफ्नु को लागि आफै बच्नु पर्छ / समाज को मपाई भनाउदो हरु केहि पल गरिब को सोच संग जिएर हेर्नु जिउनु कति गार्हो छ / हुन् त जो हुन् तिनी हरु पनि यसै बर्ग बाट गाको हुन् / मान्छे ले जरा भुल्न थाल्छ हरिया पता हरु हाँगा बिंगामा लहराए पछी / केहि खोटो पैसा समाजलाई फालेर म समाजबादी हु भन्ने अंहकार प्रस्तुत गरेको पनि देखोको छु / जब सम्म काम को मूल्य कामदार ले गर्न जान्दैन यस्तो सामाजिक असमनता रही रहन्छ / शिक्षित किताब ले हुने होइन ब्यबाहार ले हुने हो ,किताबले केवल शिक्षा मात्रै दिन्छ ,,,,,,,,,,,,,,,,,,,